बिहीबार, बैशाख १७,२०८३ 08:05:41
Bizshala
  • बिहीबार, बैशाख १७,२०८३ 08:05:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ज्ञान मसालाको ब्रान्ड एम्बेसडरमा स्वस्तिमा खड्का नियुक्त

Bizshala
ज्ञान मसालाको ब्रान्ड एम्बेसडरमा स्वस्तिमा खड्का नियुक्त
Shivam Cement

काठमाण्डौ । केएल दुगर ग्रुप अन्तर्गतको ‘ज्ञान मसला’ले नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री स्वस्तिमा खड्का लाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। यस सहकार्यमार्फत कम्पनीले आफ्नो ब्रान्ड पहिचानलाई थप सशक्त बनाउने तथा नयाँ पुस्ताका उपभोक्तासँग अझ नजिकिने लक्ष्य राखेको जनाएको छ।

सन् १९८९ मा स्थापना भएको केएल दुगर ग्रुपले तीन दशकभन्दा बढी समयदेखि नेपाली बजारमा गुणस्तर र विश्वास कायम गर्दै आएको छ। कम्पनीका अनुसार ‘ज्ञान’ ब्रान्डले नेपाली भान्सामा शुद्धता र स्वादको नयाँ मापदण्ड स्थापित गर्दै घरघरमा विश्वासिलो नामका रूपमा परिचित छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीकी कार्यकारी निर्देशक भाविका दुगरले अभिनेत्री खड्कालाई ‘ज्ञान’ परिवारमा स्वागत गर्न पाउँदा खुशी व्यक्त गरिन्। उनले स्वस्तिमाको लोकप्रियता र उपभोक्तामाझको प्रभावले ब्रान्ड प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्।

यस अवसरमा स्वस्तिमा खड्काले पनि ज्ञान मसालासँग आबद्ध हुन पाउँदा खुशी लागेको बताउँदै लामो समयदेखि प्रयोग हुँदै आएको यस ब्रान्डको गुणस्तर र शुद्धतालाई अझ व्यापक रूपमा उपभोक्तामाझ पुर्‍याउन आफूले सक्रिय भूमिका खेल्ने उल्लेख गरिन्।

CG Motors
Garima Development Bank
IME remit

कम्पनीले उपभोक्ताको बदलिँदो स्वाद र आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न नयाँ मसला उत्पादनहरू बजारमा ल्याउँदै आएको छ। हाल ‘ज्ञान मसला’ १४ विभिन्न प्रकारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X