शुक्रबार, जेष्ठ ८,२०८३ 12:28:04
Bizshala
  • शुक्रबार, जेष्ठ ८,२०८३ 12:28:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भिभोद्वारा ५० एमपी जाइस सुपर टेलिफोटो क्यामेरासहित ‘भी७०’ सार्वजनिक, मूल्य कति ?

Laxmi Sunrise Bank Limited
भिभोद्वारा ५० एमपी जाइस सुपर टेलिफोटो क्यामेरासहित ‘भी७०’ सार्वजनिक, मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । स्मार्टफोन निर्माता भिभोले आफ्नो लोकप्रिय ‘भी–सिरिज’ अन्तर्गत नयाँ स्मार्टफोन ‘भी७०’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो स्मार्टफोन विशेषगरी उच्चस्तरीय पोर्ट्रेट फोटोग्राफी र टाढाबाट स्पष्ट तस्बिर खिच्न सक्ने क्षमतामा केन्द्रित गरी डिजाइन गरिएको हो।

भी७० मा ५० मेगापिक्सेल जाइस सुपर टेलिफोटो क्यामेरा समावेश गरिएको छ, जसले टाढाबाट पनि स्पष्ट र उच्च गुणस्तरका तस्बिर खिच्न सहयोग पुर्‍याउँछ। कम प्रकाशको अवस्थामासमेत राम्रो नतिजा दिने यो क्यामेराबाट प्रयोगकर्ताले महत्वपूर्ण क्षणहरू सजिलै कैद गर्न सक्ने कम्पनीको दाबी छ। स्टेज कार्यक्रम तथा पोर्ट्रेट फोटोग्राफीमा समेत उत्कृष्ट विवरण र स्पष्टता प्रदान गर्ने बताइएको छ।

भिडियो क्षमतातर्फ, यस सिरिजमै पहिलोपटक ४के ६० फ्रेम प्रति सेकेन्ड भिडियो रेकर्डिङ सुविधा उपलब्ध गराइएको छ। एआई स्टेज मोडको सहयोगमा १ गुणादेखि १० गुणा हुँदै २० गुणासम्म जूम गर्दा पनि स्पष्ट दृश्य कैद गर्न सकिने कम्पनीले जनाएको छ। यसले विशेषगरी कन्सर्ट तथा स्टेज कार्यक्रमहरूमा टाढाबाट खिचिएका तस्बिरमा अनुहारको स्पष्टता र साना विवरणहरू सुरक्षित राख्न मद्दत गर्नेछ। साथै, जाइस मल्टिफोकल पोर्ट्रेट र जाइस स्टाइल बोकेह जस्ता फिचरहरूले पोर्ट्रेट फोटोग्राफीलाई अझ आकर्षक बनाउनेछन्।

Bizshala
New Office
CG Motors

डिजाइनतर्फ, भी७० मा एयरोस्पेस–ग्रेड ६–सिरिज एल्युमिनियम एलोय फ्रेम प्रयोग गरिएको छ, जसले उपकरणलाई मजबुत र टिकाउ बनाउनुका साथै जंग प्रतिरोधी क्षमता पनि प्रदान गर्छ। फ्ल्याट डिस्प्ले तथा राउन्डेड कर्नर्सले आधुनिक र प्रयोगमैत्री अनुभव दिने कम्पनीको भनाइ छ। फ्ल्यागशिप मेटालिक क्यामेरा मोड्युलले यसको प्रिमियम लुकलाई थप निखार दिएको छ। यो स्मार्टफोन ड्युन ग्रे र स्यान्डलवुड ब्राउन रंगमा उपलब्ध हुनेछ।

प्रदर्शनका हिसाबले, भी७० मा १.५के अल्ट्रा क्लियर ओएलईडी डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट दिइएको छ, जसले स्मूद तथा स्पष्ट दृश्य अनुभव प्रदान गर्छ। ६५०० एमएएच क्षमताको ब्याट्री र ९० वाट फ्ल्यास चार्ज प्रविधिले लामो समयसम्म प्रयोग र छिटो चार्ज सुनिश्चित गर्नेछ। साथै, आईपी६८ र आईपी६९ स्तरको धुलो तथा पानी प्रतिरोधी क्षमताले दैनिक प्रयोगमा थप सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ।

नेपालभर बिक्रीका लागि उपलब्ध भइसकेको यस स्मार्टफोनको १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु। ८३,९९९ तोकिएको छ भने १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य रु। ९४,९९९ निर्धारण गरिएको छ। यो फोन भिभोका आधिकारिक विक्रेता तथा दराज अनलाइनमार्फत खरिद गर्न सकिनेछ।

Garima Development Bank
Shivam Cement
IME remit

यसलाई थप आकर्षक बनाउन कम्पनीले विशेष अफरहरू पनि ल्याएको छ। पहिलो १,२०० ग्राहकले ‘भिभो बड्स एयर ३’ निःशुल्क प्राप्त गर्नेछन् भने पहिलो २,००० ग्राहकले ६ महिनासम्म मान्य हुने एकपटकको स्क्रिन रिप्लेसमेन्ट र वाटर ड्यामेज प्रोटेक्सन सुविधा पाउनेछन्। साथै, चार जना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप ईभी स्कुटर जित्ने अवसर पनि प्राप्त गर्नेछन्।

ग्राहकहरूले भी७० स्मार्टफोन १२ महिनासम्म शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधामार्फत पनि खरिद गर्न सक्नेछन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.