बुधबार, चैत्र २५,२०८२ 09:01:54
Bizshala
  • बुधबार, चैत्र २५,२०८२ 09:01:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सर्वसाधारणले कालिन्चोक हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

Bizshala
सर्वसाधारणले कालिन्चोक हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आइ्र्रपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २२ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ८४ हजार ७५० कित्ता आईपीओ जारी गरेको थियो ।  

कम्पनीले धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावितका लागि र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले ४१ हजार २५० कित्ता सामुहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी सर्वसाधारणका लागि खुला गरेको छ ।  

आइपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.