शुक्रबार, आश्विन ३०,२०८३ 02:22:41
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 02:22:41
Bizshala
Global IME Bank Limited

नेप्सेले गर्यो ‘धितोपत्र व्यापारी कार्यविधि संशोधन’, लगानीको सिमा बढ्यो

Bizshala
नेप्सेले गर्यो ‘धितोपत्र व्यापारी कार्यविधि संशोधन’, लगानीको सिमा बढ्यो
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ‘धितोपत्र व्यापारी (स्टक डिलर)कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७’मा पहिलो संशोधन गरेको छ । पूँजीबजारलाई थप गतिशिल, व्यवस्थित र तरल बनाउने उद्देश्यले नेप्सेले उक्त कार्यविधि संशोधन गरेको हो ।  

संशोधित कार्यविधिअनुसार स्टक डिलरहरुका  लागि लगानीको दायरा फराकिलो बनाइएको छ । स्टक डिलरहरूले साधारण शेयर (इक्विटी) मा मात्र सीमित नभई सरकारी ऋणपत्र, म्युचुअल फण्ड र डिबेन्चरहरूमा समेत सहजै कारोबार गर्न पाउने छन् ।

यसका लागि धितोपत्रको परिभाषालाई विस्तार गरिएको संशोधित कार्यविधिमा उल्लेख गरिएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यसका साथै स्टक डिलरहरूले नाफामा नगइसकेका तर सम्भावना भएका कम्पनीहरूको शेयर पनि खरिद गर्न सक्नेछन् । यसअघि स्टक डिलरले विगत ३ वर्षदेखि लगातार नाफामा रहेका कम्पनीको शेयर मात्र खरिद गर्न पाउने प्रावधान थियो । नयाँ व्यवस्थाले यो प्रतिबन्ध हटाएको छ ।  

यस्तै, विगत एक वर्षको कुल कारोबार दिनमध्ये कम्तिमा ८० प्रतिशत दिन कारोबार भएको हुनुपर्ने साविकको व्यवस्थालाई पनि खारेज गरिएको छ । यद्यपि, नयाँ व्यवस्था अनुसार नेप्सेमा सूचीकृत भएको कम्तिमा ६ महिना पुगेका कम्पनीको शेयर मात्र स्टक डिलरले खरिद गर्न पाउने छन् ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, संशोधित कार्यविधिले स्टक डिलरले खरिद गर्न सक्ने कम्पनीको न्यूनतम चुक्ता पूँजीको सीमा बढाएको छ । अब कम्तिमा २५ करोड रुपैयाँ चुक्ता पूँजी भएका कम्पनीको सेयर मात्र डिलरले किन्न पाउनेछन्, जुन यसअघि २० करोड रुपैयाँ थियो । 

त्यस्तै, स्टक डिलरले दैनिक रूपमा गर्ने खुद कारोबार रकम आफ्नो नेटवर्थको अधिकतम ६० प्रतिशतसम्म पुरÞ्याउन पाउने व्यवस्था गरिएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.