शुक्रबार, आश्विन ३०,२०८३ 02:19:57
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 02:19:57
Bizshala
Global IME Bank Limited

धितोपत्र कारोबार संचालन विनियमावली संशोधन, कम्पनीको सेयरभाउ अब १५% सम्म घटबढ हुने

Bizshala
धितोपत्र कारोबार संचालन विनियमावली संशोधन, कम्पनीको सेयरभाउ अब १५% सम्म घटबढ हुने
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’मा संशोधन गरेको छ । पूँजीबजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन नेप्सेले उक्त विनियमावली संशोधन गरेको हो ।  

संशोधित व्यवस्थाअनुसार अब सूचीकृत कम्पनीहरुको सेयर मूल्यमा लाग्दै आएको सर्किट सीमा र प्री–ओपन सेसनको मापदण्डमा परिवर्तन गरिएको छ ।  

नेप्सेका अनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट विनियमावली संशोधनको आधिकारिक पत्र नेप्सेमा पुगेपनि प्राविधिक रुपमा कहिलेदेखि कार्यान्वयनमा लागू गर्ने निर्णय भने भइसकेको छैन । अब चाँडै संचालक समितिको बैठक बसेर कार्यान्वयनमा ल्याउने तयारी गरिने नेप्सेले जनाएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेप्सेका अनुसार सेबोनबाट स्वीकृत भई आएको संशोधित विनियमावलीमा सूचीकृत कम्पनीको दैनिक सेयर मूल्य घटबढ हुन पाउने सीमालाई १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको छ । जसअनुसार अब सूचीकृत कम्पनीको सेयरभाउ १० प्रतिशत नभई १५ प्रतिशतसम्म बढ्न सक्नेछ ।  

यसै क्रममा, बजार खुल्नुअघि सञ्चालन हुने ‘प्री–ओपन सेसन’ (बिहान १०ः३० देखि १०ः४५ बजेसम्म) मा लागू हुने मूल्य सीमामा पनि परिवर्तन गरिएको छ । अब उक्त सेसनमा सेयरको मूल्य अधिकतम ५ प्रतिशतसम्म घटबढ गर्न पाइनेछ । यसअघि यो सीमा निकै न्यून भएकाले बजार खुल्नेबित्तिकै मूल्य सन्तुलनमा समस्या देखिने गरेको थियो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, नेप्से इन्डेक्सको सर्किट ब्रेकर प्रणालीमा पनि संशोधन गरिएको छ । नयाँ व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले बढे वा घटेमा कारोबार १५ मिनेका लागि स्थगन गरिनेछ । यसअघि ४ प्रतिशत वा घटे वा बढेमा २० मिनेटसम्म बजार स्थगित गर्ने व्यवस्था थियो ।  

साथै ५ प्रतिशतको ब्रेकपछि बजार खुलेर नेप्से परिसूचक ८ प्रतिशतले घटे वा बढेमा उक्त दिनको लागि सम्पूर्ण कारोबार बन्द हुनेछ । यसअघि ६ प्रतिशतले बजार घटबढ भएमा बजार बन्द हुने व्यवस्था थियो ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.