मंगलवार, असार १६,२०८३ 01:42:08
Bizshala
  • मंगलवार, असार १६,२०८३ 01:42:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

काठमाडौंमा महिला चालकहरूका लागि याङ्गोको वित्तीय साक्षरता कार्यक्रम

Laxmi Sunrise Bank Limited
काठमाडौंमा महिला चालकहरूका लागि याङ्गोको वित्तीय साक्षरता कार्यक्रम

काठमाण्डौ । आफ्नो चालक समुदायलाई सशक्त बनाउने प्रयासअन्तर्गत याङ्गोले काठमाडौंमा महिला पार्टनर चालक तथा कुरियरहरूका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।  

यस पहलमार्फत नेपालको बढ्दो मोबिलिटी क्षेत्रमा महिला सशक्तिकरण र आर्थिक समावेशीताप्रति कम्पनीको प्रतिबद्धता पुनः पुष्टि भएको छ ।

यो कार्यक्रम महिला पार्टनर चालक तथा कुरियरहरूलाई आफ्नो व्यक्तिगत वित्त व्यवस्थापन गर्न आवश्यक व्यवहारिक ज्ञान र उपयोगी उपकरण उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको हो। कार्यक्रममा बजेट बनाउने, बचत गर्ने, वित्तीय योजना बनाउने तथा दीर्घकालीन आर्थिक आत्मनिर्भरजस्ता मुख्य विषयमा जानकारी प्रदान गरिएको थियो, जसले सहभागीहरूलाई आफ्नो आर्थिक आत्मनिर्भरता अझ बलियो बनाउन सहयोग पुर्याएको छ ।

New Office
CG Motors
Garima Development Bank

राइड–हेलिङ क्षेत्रमा काम गर्ने महिला चालकहरूले प्रायः अनियमित आम्दानी र वित्तीय योजना सम्बन्धी स्रोतमा सीमित पहुँचजस्ता चुनौतीहरूको सामना गर्ने गर्छन् । यस कार्यक्रममार्फत याङ्गो नेपालले यस्ता चुनौतीहरू समाधान गर्न सहयोग गर्दै यस क्षेत्रमा कार्यरत महिलाहरूको आर्थिक अवस्था सुधार गर्ने लक्ष्य राखेको छ ।

यो कार्यक्रम फाइनान्सियल एक्स्पर्ट ग्रेस रौनियारद्वारा सञ्चालन गरिएको थियो, जहाँ महिला चालक तथा कुरियरहरूको दैनिक आर्थिक आवश्यकतालाई ध्यानमा राखेर व्यवहारिक सुझाव र मार्गदर्शन प्रदान गरिएको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस पहलका बारेमा बोल्दै याङ्गोका कन्ट्री म्यानेजर, सन्तोष पाण्डेले भने, ‘याङ्गोमा हामी सधैं आफ्ना पार्टनर चालकहरूको दैनिक जीवनमा सहयोग पुर्याउने उपायहरू खोजिरहेका हुन्छौं। यो सत्र विशेष रूपमा हाम्रा महिला चालक तथा कुरियरहरूका लागि तयार गरिएको हो। वित्तीय साक्षरता कार्यक्रममार्फत उनीहरूलाई सुरक्षित आर्थिक भविष्य निर्माण गर्न आवश्यक ज्ञान र आत्मविश्वास प्रदान गर्ने हाम्रो उद्देश्य हो ।’

यो कार्यक्रम याङ्गोले सञ्चालन गर्ने बजारहरूमा समुदाय सशक्तिकरण गर्ने पहलको एक हिस्सा मात्र नभई महिला आर्थिक सशक्तिकरणलाई सक्रिय रूपमा सहयोग गर्ने प्लेटफर्मको रूपमा आफ्नो पहिचान अझ मजबुत बनाउने प्रयास पनि हो। साथै, यसले चालक तथा कुरियरहरूको सन्तुष्टि बढाउने कम्पनीको दीर्घकालीन उद्देश्यलाई पनि प्रतिबिम्बित गर्दछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.