सोमबार, आश्विन ५,२०८३ 03:48:05
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 03:48:05
Bizshala
Global IME Bank Limited

प्रभु क्यापिटलको खुलामुखी योजनाले कमायो रु.२.५१ करोड नाफा, एसआइपीमा लगानी गर्दा उत्कृष्ट रिटर्नको सम्भावना

प्रभु क्यापिटलको खुलामुखी योजनाले कमायो रु.२.५१ करोड नाफा, एसआइपीमा लगानी गर्दा उत्कृष्ट रिटर्नको सम्भावना
New Office

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडद्वारा संचालित खुलामुखी योजना ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ले फागुन मसान्तसम्म २ करोड ५१ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  

यो नाफा अघिल्लो महिना अर्थात् माघको तुलनामा ६६७.३६ प्रतिशत बढी हो । माघमा क्यापिटलको यो फण्डले ३२ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो ।  

प्रभु क्यापिटलद्वारा संचालित यो फण्डले सूचीकृत सेयर (सेयरबजार)मा ३६ करोड ९२ लाख ५४ हजा रुपैयाँ बराबरको लगानी गरेको छ । यो रकम अघिल्लो महिनाको तुलनामा १२.३८ प्रतिशत बढी हो ।  

माघमा यो फण्डले ३२ करोड ८५ लाख ७९ हजार रुपैयाँ बराबरको सेयरबजारमा लगानी गरेको थियो ।  

फागुन महिनामा यो खुलामुखी योजनाको डिबेञ्चर÷बण्डमा ५ लाख ५६ हजार रुपैयाँ बराबरको लगानी रहेको छ भने सार्वजनिक निष्कासन÷हकप्रद÷बोनस सेयरमा कुल १ करोड २८ लाख ४९ हजार रुपैयाँ बराबरको लगानी रहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

फण्डको बैंक मौज्दात ४ करोड ६० लाख ७९ हजार रुपैयाँ रहेको छ । अघिल्लो महिनामा भने बैंक मौज्दात ५ करोड १ लाख ८२ हजार रुपैयाँ रहेको थियो । साथै फण्डको अन्य सम्पत्ति १० हजार ५५२ रुपैयाँ रहेको छ ।  

३ करोड ९८ लाख ५८  हजार ८०२ इकाई रहेको यो फण्डको फागुन महिनामा प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) १०.६८ रुपैयाँ पुगेको छ । अघिल्लो महिनामा फण्डको न्याभ १०.१३ रुपैयाँ थियो ।  

समग्रमा प्रभु क्यापिटलको यो खुलामुखी योजनाले आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार ल्याएको छ । धितोपत्र ऐन, २०६३ तथा सामुहिक लगानी कोष नियमावली २०६७, बमोजिम नेपाल धितोपत्र बोर्डबाट २०८१ चैत २८ गते यो योजना संचालन गर्न अनुमति पाएको थियो ।  

प्रभु क्यापिटलका यसबाहेक दुईवटा बन्दमुखी योजनाहरु पनि सञ्चालनमा छन् । जुन प्रभु सेलेक्टिभ फण्ड र प्रभु स्मार्ट फण्ड रहेका छन् । क्यापिटलले एक वर्षअगाडी यो खुलामुखी योजना संचालनमा ल्याएको हो ।  

यस फण्डमा लगानी गर्न चाहाने इकाईधनी तथा लगानीकर्ताहरुले क्यापिटलद्वारा संचालित सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआइपी)मार्फत पनि लगानी गर्न सकिने कम्पनीले जनाएको छ ।

एसआइपीमार्फत लगानी गर्दा के फाइदा ?  

प्रभु क्यापिटलको यो खुलाखुखी योजनामा लगानी गर्न एसआइपीमार्फत जोडिन सकिनेछ । मासिक न्यूनतम एक हजार रुपैयाँदेखि लगानी गरेर यस एसआइपीमा लगानी गर्न सकिनेछ ।  

क्यापिटलको यो योजनामा लगानी गर्दा दीर्घकालिन प्रतिफल राम्रो पाइन सकिने सम्भावना रहन्छ । यदि फण्डले यसरी नै आफ्नो लगानी विस्तार गरी उल्लेख्य नाफा कमाउँदै जाने हो भने एसआइपीमा लगानी गर्ने लगानीकर्तालाई वार्षिक उत्कृष्ट रिटर्न दिन सक्नेछ ।  

अहिले सेयरबजारमा उतारचढाव देखिदा एसआइपीतर्फ लगानीकर्ताहरुको क्रेज बढ्दै गएको छ । अन्य सेक्टरको तुलनामा लगानी सुरक्षित र प्रतिफलको ग्यारेन्टी  हुने भएकाले एसआइपीमा आकर्षण बढ्दै गएको देखिन्छ ।  

प्रभु क्यापिटलले संचालन गरेको ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ विशेषगरी दीर्घकालिन लगानीकर्तालाई लक्षित गरेर ल्याइएको योजना हो । यसमा लगानी गर्दा सानो रकमबाट ठूलो धन निर्माण गर्न सकिने सम्भावना रहन्छ । नियमित सानो लगानीले समयसँगै ठूलो पूँजी बनाउन मद्दत गर्नेछ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.