आईतवार, कार्तिक १,२०८३ 11:21:44
  • आईतवार, कार्तिक १,२०८३ 11:21:44
Global IME Bank Limited

मकर जितुमाया सुरीको नाफामा ५६% को सुधार, ईपीएस ११.४६ रुपैयाँ पुग्यो

Bizshala
मकर जितुमाया सुरीको नाफामा ५६% को सुधार, ईपीएस ११.४६ रुपैयाँ पुग्यो
New Office

काठमाण्डौ । विद्युत बिक्रीमा आएको सुधार र वित्त खर्चमा आएको कमीका कारण मकर जितुमाया सुरी हाईड्रोको नाफा वृद्धि भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमासम्म ८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो रकम अघिल्ला्े आवमा कम्पनीले आर्जन गरेको तुलनामा ५६.४२ प्रतिशतले बढी हो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म भने ५  करोड ५६ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३२ करोड ३९ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको ३१ करोड ४२ लाखको तुलनामा ३.०९९ प्रतिशतले बढी हो ।

आम्दानी बिक्रीसँगै कम्पनीले खर्च व्यवस्थापनमा सफलता हासिल गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १३ करोड ७७ लाख रुपैयाँ रहेको कम्पनीको वित्त खर्च घटेर ११ करोड ५१ लाखमा सीमित बनेको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीको कर्मचारी सुविधा खर्च १ करोड ५७ लाखबाट घटेर १ करोड ३७ लाखमा सीमित बनेको छ । प्रशासनिक तथा अन्य सञ्चालन खर्च भने १ करोड ७० लाख रुपैयाँबाट बढेर २  करोड २६ लाख पुगेको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीले रिटन्ड अर्निङको आकार ४ करोड १८ लाखबाट बढाएर ११ करोड ९९ लाख पुर्याएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ७.३३ रुपैयाँबाट बढेर ११.४६ रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ ११५.७९ रुपैयाँ र आरओई ९.९४ प्रतिशत कायम भएको छ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.