काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको नाफामा सामान्य गिरावट आएको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ११.६५ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ७ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत ११ करोड ८० लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीबाट ११ करोड ८३ लाख कमाएको थियो । यो अवधिसम्म कम्पनीले १३ लाख ६ हजार रुपैयाँबराबरको वित्त आम्दानी गरेको छ । कम्पनीको प्रशासनिक खर्च ९८ लाख ७४ हजार र वित्त खर्च २० लाख ३५ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्तापूँजी ६२ करोड ४० लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको रिजर्भ कोषमा १७ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । अघिल्लो आवमा कम्पनीको रिजर्भ कोषमा १७ करोड ३९ लाख सञ्चित थियो । कम्पनीको कुल चालु सम्पत्ति २२ करोड ४३ लाख र कुल चालु दायित्व २० करोड ६३ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१३.२५ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १२८.३४ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६९.३८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४९.५७ गुणा र तरलता अनुपात १.०९ प्रतिशत कायम भएको छ ।

