काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडको खुद नाफा ७७.३२ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ११ करोड ७६ लाख रुपैयाँबराकरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ६ करोड ६३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले विद्युत बिक्रीबाट ३५ करोड ३१ लाख आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीबाट ३० करोड ७४ लाख कमाएको थियो ।
कम्पनीको प्रशासनिक खर्च ४ करोड ४९ लाख र मर्मत तथा सम्भार खर्च १ करोड २७ लाख रहेको छ । यस्तै कम्पनीको वित्त खर्च ९ करोड ११ लाख रहेको छ । १ अर्ब १८ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १९ करोड ४३ लाख र कुल चालु दायित्व ६ करोड ६७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ९.९२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ११७.४३ रुपैयाँ,र तरलता अनुपात २.९१ गुणा कायम भएको छ ।

