सोमबार, आश्विन २६,२०८३ 02:50:53
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 02:50:53
Bizshala
Global IME Bank Limited

हिमालयन बैंकको संस्थापक सेयर सर्वसाधारणमा परिणत गरिने

Bizshala
हिमालयन बैंकको संस्थापक सेयर सर्वसाधारणमा परिणत गरिने
New Office

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गतको १० प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकको सञ्चालक समितिको २०८२ चैत १५ गते बसेको ४९३औँ बैठकले उक्त निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ अन्तर्गत इजाजतपत्र प्राप्त संस्थाका लागि जारी निर्देशनअनुसार संस्थापक समूहको सेयर स्वामित्व न्यूनतम ५१ प्रतिशत कायम रहने गरी बाँकी सेयर सर्वसाधारण समूहमा परिणत गर्न सकिने व्यवस्था रहेको छ। साथै, एक पटकमा अधिकतम १० प्रतिशत बिन्दुसम्म मात्र यस्तो परिवर्तन गर्न सकिने प्रावधान छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

उक्त व्यवस्था अनुसार बैंकले इच्छुक संस्थापक सेयरधनीहरूलाई आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्न आवेदन दिन आह्वान गरेको छ। 

सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ। कम्पनीका तर्फबाट आवेदन दिने सेयरधनीले सञ्चालक समितिको निर्णयसमेत संलग्न गर्नुपर्नेछ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यस सम्बन्धी आवेदन तथा आवश्यक स्वःघोषणा फाराम हिमालयन क्यापिटल लिमिटेड तथा हिमालयन बैंकको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ। 

आवेदन ईमेलमार्फत पठाउन वा काठमाण्डौको कमलादीस्थित आईटी प्लाजा (दोस्रो तल्ला) मा रहेको हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा स्वयं उपस्थित भई बुझाउन सकिने बैंकले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.