सोमबार, आश्विन २६,२०८३ 02:50:53
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 02:50:53
Bizshala
Global IME Bank Limited

हिमालयन बैंक र यूनियन पेबीचको सहकार्यमा आरएमबी कार्ड सेवा शुभारम्भ

Bizshala
हिमालयन बैंक र यूनियन पेबीचको सहकार्यमा आरएमबी कार्ड सेवा शुभारम्भ
New Office

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले युनियन पे आरएमबी कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले चीनको प्रसिद्ध कार्ड ब्राण्ड यूनियनपेले नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलो पटक उक्त कार्ड सेवाको सुरुवात गरेको हो ।

सो कार्डको प्रयोगबाट ग्राहक तथा सेवाग्राहीले उत्तरी छिमेकी मुलुक चीन भ्रमण गर्दा त्यहाँका एटीएम,पीओएस र क्यूआर कोड एवं इकमर्श प्लेटफर्म मार्फत हुने कारोबारको चिनियाँ मुद्रा सीएनवाईमा नै सहज भुक्तानी गर्न सक्ने हुँदा बजारमा उपलब्ध अन्य उपकरणहरुको तुलनामा मितव्ययी एवं सर्व स्वीकार्य हुने व्यहोरा बैंकले जनाकारी गराएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

व्यक्तिगत तथा संस्थागत भ्रमण गर्ने विद्यार्थी, व्यवसायी एवं पर्यटक जो कोहीले नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागद्वारा स्वीकृत सीमा सम्मको रकम युनियनपे आरएमबी कार्डमा लोड गरी युनियन पेको सञ्जालसँग आवद्ध अलि पे प्लस,  वीई च्याट पे र निहाओ चाइना जस्ता एवं अन्य माध्यम मार्फत समेत चिनियाँ युआनमा नै भुक्तानी गर्न सकिनेछ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

काठमाण्डौंको नक्साल स्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा तथा युनियन पे इन्टरनेशनलका तर्फबाट उपाध्यक्ष ज्वाङ बेइले नेपालमा प्रथम पटक उक्त कार्डसेवाको शुभारम्भ गरे । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.