आईतवार, कार्तिक १,२०८३ 11:58:44
  • आईतवार, कार्तिक १,२०८३ 11:58:44
Global IME Bank Limited

सेयरबजार घटेसँगै सरकारले प्राप्त गर्ने पूँजीगत लाभकरमा ३७% को गिरावट

Bizshala
सेयरबजार घटेसँगै सरकारले प्राप्त गर्ने पूँजीगत लाभकरमा ३७% को गिरावट
New Office

काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको ११ महिनामा पूँजीबजारबाट ९ अर्ब ५४ करोड ४४ लाख रुपैयाँबराबरको पूँजीगत लाभकर उठाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३७.५ प्रतिशतले कम हो ।

गत आवको उक्त अवधिसम्म सरकारले पूँजीबजारबाट पूँजीगत करका रुपमा १५ अर्ब २७ करोड रुपैयाँ संकलन गरेको थियो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

चालु आवको ११ महिनामध्ये सरकारले साउनमा सबैभन्दा बढी पूँजीगत लाभकर उठाएको छ । उक्त अवधिमा सरकारले २ अर्ब १५ करोड रुपैयाँ उठाएको थियो । यस्तै चैतमा पनि सरकारले १ अर्ब ७३ करोड उठाएको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै सरकारले भदौमा ६० करोड १४ लाख। असोजमा २४ करोड ३९ लाख, कात्तिकमा ३८ करोड ५ लाख, मंसिरमा ६२ करोड ९८ लाख, पुसमा ५८ करोड ४३ लाख, माघमा १ अर्ब २९ करोड, फागुनमा ५५ करोड १५ लाख र वैशाख महिनामा ९३ करोड ६१ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ ।

पछिल्लो समय सेयरबजार निरन्तर घटेसँगै सरकारले यस क्षेत्रबाट प्राप्त गर्ने पूँजीगत लाभकरमा समेत गिरावट देखिएको हो ।     

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.