शनिबार, असार १४,२०८२ 02:44:30
  • शनिबार, असार १४,२०८२ 02:44:30
Global IME Bank Limited

आईफोन १६ सिरिजमा के हुनेछ खास ? लिक भयो डिजाइन लगायतका अन्य फिचर्स

Hyundai Nepal
आईफोन १६ सिरिजमा के हुनेछ खास ? लिक भयो डिजाइन लगायतका अन्य फिचर्स
Nabil Bank Limited

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले आगामी सेप्टेम्बरमा आईफोन १६ ल्याउने तयारी गरेको छ । लञ्च हुनुअघि नै यो फोनको डिजाइन र फिचर्स लिक भएको छ । आईफोन १६ आईओएस १८ सहित लञ्च हुनेछ । जुन एप्पलको अहिलेसम्मको इतिहासमै सबैभन्दा ठूलो अपडेट हुनेछ ।  

आईफोन १६ मा आईफोन ११ र १२ जस्तै भर्टिकल मोड्युल क्यामेरा हुनेछ ।  

तर यसको डिजाइन भने केहि फरक हुनेछ । आईफोन १६ को क्यामेरा मोड्युल ‘पिल सेप्ड’ रहेको छ ।  

एप्पलले आईफोन १६ प्रोको स्क्रिन ६.३ इन्च र आईफोन १६ प्रो म्याक्सको स्क्रिन ६.९ इन्चसम्म बढाउन सक्ने जनाइएको छ । आईफोन १६ र १६ प्लसमा आईफोन १५ प्लस मोडल जस्तै एक्सेस बटन प्रदान गरिनेछ । तथापी आईफोन १६ मा एउटा अर्को बटन देख्न सकिनेछ, जुन डेडिकेटेड क्यामेरा सटरका लागि हुनेछ ।  

यस्तै यसमा पुरानो प्रोसेसर ए१७ बायोनिक प्रदान गरिनेछ । यो प्रोसेसर ३ एनएम आर्किटेक्चरमा निर्माण हुने र पहिलेभन्दा तीव्र हुनेछ ।  

 नन–प्रो मोडल आईफोन १६ र आईफोनमा प्लसमा क्यामेरा रिडिजाइनिङ गरिने सम्भावना रहेको छ । तर यी मोडलहरुको आकार एउटै हुनुका साथै ६०एचजेट डिस्प्ले हुने जनाइएको छ ।  

नयाँ आईफोन १६ को लाइनअपमा ब्याट्रीको प्रविधि परिवर्तन गरिने र यसले ब्याट्री लामो समयसम्म टिक्ने जनाइएको छ । यसका साथै ब्याट्रीको चार्जिङ स्पीड पनि बढाइने  छ ।  

आईफोन १६ मा डुअल क्यामेरा सेटअप गरिनेछ । तर प्रो मोडलहरुमा भने तीनवटा क्यामेरा हुनेछ । प्रो मोडलमा नयाँ ४८ एमपी अल्ट्रावाइड सेन्सर देख्न सकिनेछ । जुन अहिलेको १२ एमपी सुटरको अपग्रेड हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै आईफोन १६ प्रो म्याक्समा सुधारिएको ८ भाग भएको हाईब्रिड लेन्स पनि प्रदान गरिने सम्भावना रहेको छ । जसले कम लाइट र रात्रिसमयमा पनि गुणस्तरिय फोटो खिच्ने सहयोग गर्नेछ । आईफोन १६ प्रोमा आईफोन १५ प्रो म्याक्समा रहेको फाइभएक्स टेलिफोटो प्रदान गरिने सम्भावना समेत रहेको मिडिया रिपोर्टमा जनाइएको छ ।  

आईफोन १६ मा अपग्रेड हुन लागेको सबैभन्दा ठूलो परिवर्तन भनेको आईओएस १८ हो । आईओएस १८ मा एआई फिचर्सहरु पनि रहने छन् । एआई जेनेरेटिभ फिचर्सले प्रयोगकर्ताका लागि कन्टेन्ट समराइज र ट्रान्सलेट गर्नेछ ।    

कम्पनीले भिडियो रेकडिङका लागि नयाँ क्यापचर बटन पनि राख्ने भएको छ । यो बटन पावर बटनभन्दा केहि तल हुनेछ । आइफोन १६ प्रो र प्रो म्याक्सले वाइफाई ७ सर्पोट गर्नेछन् । यसले २.४,५ र ६ गेगाहर्ज ब्यान्डमा डेटा प्राप्त गर्न र पाउन सहयोग गर्नेछ । यसका साथै यसले वाइफाइ कनेक्सन तीव्र बनाउन सहयोग गर्नेछ ।  

कम्पनीले आईफोन १६ लाइनअपका फोनहरुको आधार मूल्य यसअघिको सिरिजको तुलनामा १० प्रतिशतले वृद्धि गर्ने योजना बनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.