बुधबार, माघ २३,२०८१ 02:38:44
IME remit
  • बुधबार, माघ २३,२०८१ 02:38:44
IME remit
Global IME Bank Limited

सूर्यज्योति लाइफले मनायो १६ औं वार्षिकोत्सव, अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता

Hyundai Nepal
सूर्यज्योति लाइफले मनायो १६ औं वार्षिकोत्सव, अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता
Nabil Bank Limited

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरि देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६ औं वार्षिकोत्सव मनाएको छ । १५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स र छोटो अवधिमा उल्लेखनीय सेवा प्रदान गरि आफुलाई एक सबल कम्पनीको रुपमा प्रस्तुत गरेको ज्योति लाईफ इन्स्योरेन्सबीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले विस २०७९ पौष ७ गते आफ्नो संयुक्त कारोबार सुरु गरेको थियो ।  

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीलाई १६ वर्षदेखि निरन्तर सफलता प्राप्त गर्न साथ दिने सम्पूर्ण  ग्राहकवर्ग, अभिकर्ताहरु, कर्मचारीहरु , सेयरधनी, सञ्चालक समिति, नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरुलगायत सम्पूर्ण सञ्चारकर्मीहरूमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरे ।  

साथै यहि अवसरमा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले कम्पनीप्रति विश्वास गरि जोडिने सम्पुर्ण सरोकारवालाहरु लगायत नियमनकारी निकायहरूप्रति कृतज्ञता ज्ञापन गरे ।  

Bizshala
CG Motors
Sagarmatha Cement

कम्पनीले नविनतम प्रविधिमैत्री तथा समय  सापेक्ष सेवा पस्कदै आएको र सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध  रु ५० लाख सम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिदै आएको जनाएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हाल चुक्तापूँजी रु ४५४ करोड, जीवन बीमा कोष रु ३ हजार २०० करोड,कुल लगानी रु ३ हजार ७५० करोड रहेको छ भने नेटवर्थ रु ७५६ करोड रहेको छ ।  

कम्पनीले हाल १७८ शाखाहरु मार्फत सेवा प्रदान गर्दै २८ लाख बीमालेख जारी गरिसकेको छ । हाल कम्पनीसँग आवद्ध प्रशिक्षित अभिकर्ताको संख्या ९६ हजार रहेको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्तापूँजीको १०.२६ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि समेत गरि २४.७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.