शुक्रबार, श्रावण २२,२०८३ 07:52:38
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 07:52:38
Bizshala
Global IME Bank Limited

नेपालमा ‘फिफा विश्वकप २०२६ ’ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा ‘फिफा विश्वकप २०२६ ’ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार
New Office

काठमाण्डौ । हिमस्टार नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि सह–प्रायोजक बनेको छ । हिमस्टारले फिफा विश्वकप २०२६ को टिभी प्रसारणका लागि हिमालय स्पोर्टस् टिभीसँग तथा अनलाइन प्रसारणका लागि डिगो एपसँग सहकार्य गरेको हो ।

यस अवसरलाई विशेष बनाउँदै हिमस्टारले विश्वकप २०२६ को उपलक्ष्यमा आकर्षक अफर पनि सार्वजनिक गरेको छ । हिमस्टारको ४३ इन्च अल्ट्रा एचडी वा सो भन्दा माथिका टिभी खरिद गर्दा ग्राहकहरूले ३२ प्रतिशतसम्मको क्यासब्याक, विश्वकप २०२६ को लाइभ टिभी सिजन पास तथा १ वर्षको नेट टिभी प्याकेज प्राप्त गर्न सक्नेछन्। 

यस अफरले नेपाली दर्शकहरूलाई विश्वकपको रोमाञ्च सर्वोत्कृष्ट स्क्रिनमा अनुभव गर्न प्रेरित गर्ने कम्पनीले जनाएको छ ।

हिमस्टार इलेक्ट्रोनिक्स नेपाली बजारमा गुणस्तरीय होम एप्लायन्सेस तथा टिभीका लागि विश्वसनीय ब्रान्डको रूपमा स्थापित छ । यस सहकार्यले ब्रान्डलाई देशभरका खेलप्रेमी उपभोक्ताहरूसँग अझ सशक्त रूपमा जोड्ने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.