मंगलवार, आश्विन २७,२०८३ 05:15:18
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 05:15:18
Bizshala
Global IME Bank Limited

विश्वकपको नाममा नेपालमा साइबर ठगी बढ्यो, जेठयता ११५ उजुरी

Bizshala
विश्वकपको नाममा नेपालमा साइबर ठगी बढ्यो, जेठयता ११५ उजुरी
New Office

काठमाण्डौ । फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू सम्पन्न भएसँगै विश्वभर फुटबलको चर्चा चुलिएको छ।  

अमेरिका, मेक्सिको र क्यानडामा जारी प्रतियोगिता हेर्ने नाममा नेपालमा भने साइबर ठगीका घटना बढेको पाइएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

फुटबल लाइभ स्ट्रिमिङका लागि सामाजिक सञ्जालमा फैलाइएका फर्जी विज्ञापनमार्फत नेपाली प्रयोगकर्तालाई ठगी गरिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ।  

साइबर ब्यूरोका अनुसार ‘निःशुल्क लाइभ हेर्न पाइने’ भनी फैलाइएका लिंक र एपमार्फत बैंक खातासम्म पहुँच पुर्‍याएर रकम चोरी गर्ने गिरोह सक्रिय रहेको पाइएको हो।

एक पीडितले सामाजिक सञ्जालमा देखिएको ‘नेपालको अल इन वान टिभी एप (जिजी टिभी)’ डाउनलोड गर्दा बैंक विवरण प्रविष्ट गर्न बाध्य पारिएको र त्यसपछि उनको खाताबाट करिब २३ हजार रुपैयाँ अनधिकृत रूपमा ट्रान्सफर भएको घटना सार्वजनिक भएको छ।

प्रहरीका अनुसार यस्तो प्रकृतिका ठगीका उजुरी पछिल्लो समय बढ्दै गएका छन्।  

जेठयता मात्रै ११५ भन्दा बढी उजुरी दर्ता भएको साइबर ब्यूरोले जनाएको छ।  

हालसम्म करिब २ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम ठगी भएको पुष्टि भएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

अनुसन्धान अनुसार गिरोहले फेसबुकजस्ता सामाजिक सञ्जालमा फिफा विश्वकप निःशुल्क हेर्न सकिने भन्दै फिसिङ लिंक फैलाउने गरेको छ।

ती लिंकमार्फत प्रयोगकर्तालाई एपिके फाइल डाउनलोड गराइ बैंकमा पहुँच दिने कोड प्रविष्ट गराउने र त्यसपछि खाताबाट रकम झिक्ने गरिएको पाइएको छ।

साइबर ब्यूरोले यस्ता अनधिकृत‘.exe’, ‘.bat’  वा एपिके फाइल भएका लिंक नखोल्न र अनलाइनमा निःशुल्क भन्दै आएका अविश्वसनीय प्रस्तावबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।  

प्रहरीले हालसम्म आरोपीहरू पक्राउ गर्न नसकेको भए पनि अनुसन्धान जारी रहेको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X