सोमबार, श्रावण १८,२०८३ 06:56:13
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:56:13
Bizshala
Global IME Bank Limited

मनसुन सक्रिय भएसँगै नागढुङ्गा–मुग्लिङ सडकका लागि विशेष कार्ययोजना लागू, अवरुद्ध भए तत्काल खुलाइने

मनसुन सक्रिय भएसँगै नागढुङ्गा–मुग्लिङ सडकका लागि विशेष कार्ययोजना लागू, अवरुद्ध भए तत्काल खुलाइने
New Office

काठमाण्डौ । मनसुन सक्रिय भएसँगै सडक विभागले पहिरो र बाढीबाट हुन सक्ने अवरोधलाई लक्षित गर्दै नागढुङ्गा–मुग्लिङ सडकखण्डमा ‘मनसुन पूर्वतयारी कार्ययोजना, २०८३’ लागू गरेको छ।

विभागका अनुसार पृथ्वी राजमार्गको यस खण्डमा पहिरोको उच्च जोखिम रहेकाले सडक अवरुद्ध भएमा तत्काल सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति, उपकरण तथा द्रुत प्रतिकार्य टोली २४सै घण्टा तयारी अवस्थामा राखिएको छ। निर्माणाधीन सडक भएकाले यस वर्ष जोखिम थप बढ्न सक्ने आँकलन गरिएको छ।

कार्ययोजनाअनुसार पहिरो हटाउने, सडक बगेमा वैकल्पिक ट्र्याक खोल्ने, भासिएको स्थानमा टेवा पर्खाल निर्माण गर्ने तथा सडक अवस्थाबारे नियमित सूचना प्रवाह गर्ने व्यवस्था गरिएको छ। साथै यात्रुका लागि आवासीय इन्जिनियर र मेसिन अपरेटरको सम्पर्क विवरणसमेत सार्वजनिक गरिएको छ।

सडक विभागले झ्याप्लेखोला, खत्रीपौवा, सिक्रेखोला, चार किलो, सात किलो, नौ किलो, १३ किलो (कोइराले भिर), मछेडीखोला र घाटबेँसीलाई उच्च जोखिमयुक्त (रेड जोन) क्षेत्रका रूपमा पहिचान गरेको छ।

सडक अवरुद्ध भएमा सीतापाइला–रामकोट–धार्के, टोखा–छहरे–त्रिशूली, त्रिभुवन राजपथ (पालुङ–दामन), कान्ति लोकपथ तथा बिपी राजमार्गलगायतका वैकल्पिक मार्ग प्रयोग गर्न विभागले अनुरोध गरेको छ। साथै यात्रा अघि सडक विभाग वा ट्राफिक प्रहरीबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.