सोमबार, श्रावण १८,२०८३ 06:49:55
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:49:55
Bizshala
Global IME Bank Limited

बागमतीमा सवारी लाइसेन्सका सबै शुल्क दोब्बर, साउनदेखि नयाँ दर लागू

बागमतीमा सवारी लाइसेन्सका सबै शुल्क दोब्बर, साउनदेखि नयाँ दर लागू
New Office

काठमाण्डौ । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सबै प्रकारका शुल्क दोब्बर बनाएको छ।  

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि ल्याइएको आर्थिक विधेयक, २०८३ मार्फत आवेदन, नयाँ लाइसेन्स, नवीकरण तथा वर्ग थपसम्बन्धी नयाँ शुल्कदर निर्धारण गरिएको हो। 

संशोधित शुल्क आगामी साउनदेखि लागू हुनेछ।

नयाँ व्यवस्थाअनुसार हाल ५०० रुपैयाँ रहेको लाइसेन्स आवेदन शुल्क बढाएर १ हजार रुपैयाँ पुर्‍याइएको छ।  

मोटरसाइकल तथा स्कुटर ९ए वर्ग० को नयाँ लाइसेन्स र नवीकरणका लागि अब ३ हजार रुपैयाँ तिर्नुपर्नेछ, जुन हाल १ हजार ५०० रुपैयाँ रहेको छ।

कार, जीप, भ्यान ९बी०, टेम्पो तथा अटोरिक्सा (सी) र पावर ट्रिलर (डी) वर्गका सवारीको नयाँ लाइसेन्स तथा नवीकरण शुल्क २ हजार रुपैयाँबाट बढाएर ४ हजार रुपैयाँ कायम गरिएको छ।

यस्तै, ट्र्याक्टर (ई) तथा मिनिबस र मिनी ट्रक (एफ) वर्गका सवारीको लाइसेन्स र नवीकरण शुल्क २ हजार ५०० रुपैयाँबाट बढाएर ५ हजार रुपैयाँ पुर्‍याइएको छ।

 

ट्रक, बस र लहरी (जी), रोडरोलर तथा डोजर (एच), क्रेन, दमकल र लोडर (आई) तथा एस्काभेटर, ब्याकहो लोडर र गर्डर (जे) वर्गका सवारीको नयाँ लाइसेन्स र नवीकरण शुल्क ३ हजार रुपैयाँबाट बढेर ६ हजार रुपैयाँ पुगेको छ।

प्रदेश सरकारले लाइसेन्सको वैधता अवधि भने यथावत् १० वर्ष कायम राखेको छ।

साथै, वर्ग थप (Category Add) गर्ने शुल्क पनि दोब्बर गरिएको छ।

ए देखि एफ वर्गसम्म वर्ग थप गर्दा अब १ हजार रुपैयाँ लाग्नेछ, जुन हाल ५०० रुपैयाँ छ।  

त्यस्तै, जीदेखि जे वर्गसम्म वर्ग थप गर्न २ हजार रुपैयाँ तिर्नुपर्नेछ, जुन यसअघि १ हजार रुपैयाँ थियो।

यसअघि कोशी प्रदेश सरकारले पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी शुल्क वृद्धि गरिसकेको छ।  

बागमती प्रदेशको नयाँ निर्णयसँगै सवारी चालक अनुमतिपत्र लिने तथा नवीकरण गर्ने सेवाग्राहीको खर्च उल्लेख्य रूपमा बढ्ने भएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.