सोमबार, श्रावण १८,२०८३ 06:49:11
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:49:11
Bizshala
Global IME Bank Limited

काभ्रेमा बर्डफ्लु नियन्त्रण गर्न ४० हजारभन्दा बढी कुखुरा र हाँस नष्ट

काभ्रेमा बर्डफ्लु नियन्त्रण गर्न ४० हजारभन्दा बढी कुखुरा र हाँस नष्ट
New Office

काठमाण्डौ । काभ्रेमा फैलिएको बर्डफ्लु संक्रमण नियन्त्रणका लागि प्रशासनले प्रभावित पोल्ट्री फार्ममा व्यापक नियन्त्रण अभियान सञ्चालन गरेको छ।  

हालसम्म ४० हजार ७२९ वटा हाँस तथा लेयर्स कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय, धुलिखेलले जनाएको छ।

कार्यालयका वरिष्ठ पशु चिकित्सक डा। बज्रकिशोर ठाकुरका अनुसार बनेपा नगरपालिका–६ र १३ तथा पनौती नगरपालिका–७, ८ र ९ का व्यावसायिक पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भएपछि संक्रमित पक्षी नष्ट गर्ने, नमूना परीक्षण गर्ने र रोग फैलिन नदिन आवश्यक नियन्त्रणका उपाय अपनाइएको हो।

कार्यालयले गरेको प्रारम्भिक अध्ययनमा मरेका कुखुरा र हाँसलाई सुरक्षित रूपमा व्यवस्थापन नगरी खोला, झाडी तथा खुला स्थानमा फाल्ने प्रवृत्तिका कारण काग र अन्य जंगली चरामार्फत संक्रमण फैलिएको देखिएको छ।  

यही कारण प्रभावित क्षेत्रमा कुखुरा तथा हाँसको ओसारपसारमा कडाइ गर्नुका साथै निगरानीसमेत बढाइएको छ।

पशु सेवा कार्यालयका अनुसार प्रयोगशालाबाट परीक्षण प्रतिवेदन आउन ढिलाइ हुँदा संक्रमित क्षेत्र पहिचान र नियन्त्रणका उपाय तत्काल कार्यान्वयन गर्न कठिन भएको छ।  

यसले संक्रमण फैलिन थप सहयोग पुगेको हुन सक्ने आकलन गरिएको छ।

बर्डफ्लुको जोखिम न्यूनीकरणका लागि डा। ठाकुरले पोल्ट्री व्यवसायीलाई बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।  

उनले खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, प्रवेश गर्नै परे सुरक्षात्मक सामग्री प्रयोग गर्न, खोर तथा उपकरण नियमित रूपमा निःसंक्रमण गर्न र कुखुरा ओसारपसार गर्दा स्वास्थ्य तथा सरसफाइका मापदण्ड अनिवार्य रूपमा अपनाउन सुझाव दिएका छन्।

यसैबीच, नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिनाका तथा अवैध रूपमा ढुवानी हुने कुखुराको निगरानी थप कडा पारिएको छ।  

यसअघि नै काभ्रे र सिन्धुपाल्चोकमा बर्डफ्लुको सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउने निर्णय गरिएको थियो।

देशका विभिन्न जिल्लामा संक्रमण देखिएपछि यी क्षेत्रमा पनि रोकथामका उपायलाई अझ प्रभावकारी बनाइएको जनाइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.