मंगलवार, असार १६,२०८३ 01:35:33
Bizshala
  • मंगलवार, असार १६,२०८३ 01:35:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रोजगारीको मागसहित दृष्टिविहीन ९ दिनदेखि माइतीघरमा धर्नामा

Laxmi Sunrise Bank Limited
रोजगारीको मागसहित दृष्टिविहीन ९ दिनदेखि माइतीघरमा धर्नामा

काठमाण्डौ । दृष्टिविहीनहरूले आफ्नो जीविकोपार्जन र अधिकारसँग सम्बन्धित विभिन्न माग उठाउँदै काठमाडौँको माइतीघर मण्डलामा लगातार ९ दिनदेखि शान्तिपूर्ण प्रदर्शन जारी राखेका छन्।  

उनीहरूले नगर प्रहरीको व्यवहार र वैकल्पिक रोजगारीका अवसर अभावप्रति राज्य तथा स्थानीय तहको गम्भीर ध्यानाकर्षण गराएका छन्।

New Office
CG Motors
Garima Development Bank

आन्दोलनरत समूहका अनुसार काठमाडौँ महानगरपालिकाले सडकपेटी, मठमन्दिर तथा सार्वजनिक स्थानहरूमा साना व्यवसायमार्फत जीवनयापन गर्न रोक लगाउँदै आएको छ।  

नियमित रूपमा हटाउने, सामान जफत गर्ने र होल्डिङ सेन्टरमा राख्ने कार्यले आफ्नो दैनिक जीवन थप कठिन बनेको उनीहरूको भनाइ छ।

प्रदर्शनकारीहरूले नगर प्रहरीबाट दुर्व्यवहार हुने, लामो समयसम्म होल्डिङ सेन्टरमा राखिने तथा विशेषगरी महिला सहभागीमाथि असहज व्यवहार हुने गरेको गम्भीर आरोपसमेत लगाएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आन्दोलनरत समूहले दृष्टिविहीन तथा अपाङ्गता भएका नागरिकलाई सडकपेटीमै भए पनि सम्मानजनक रूपमा काम गरी जीविकोपार्जन गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने माग अघि सारेका छन्।  

उनीहरूले आफ्नो क्षमता र योग्यताअनुसार रोजगारीको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

साथै, तत्काल रोजगारी सिर्जना गर्न नसकिए बेरोजगार भत्ताका रूपमा प्रतिमहिना २० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने माग पनि उनीहरूको छ।  

माग पूरा नभएसम्म आन्दोलन निरन्तर जारी रहने उनीहरूले स्पष्ट पारेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.