सोमबार, श्रावण १८,२०८३ 06:52:09
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:52:09
Bizshala
Global IME Bank Limited

जलवायु प्रभावित हिमाली–पहाडी समुदायका लागि १० मिलियन डलर अनुदान स्वीकृत, ५ जिल्लाका ११ स्थानीय तहमा ६० हजार घरधुरी लाभान्वित हुने

जलवायु प्रभावित हिमाली–पहाडी समुदायका लागि १० मिलियन डलर अनुदान स्वीकृत, ५ जिल्लाका ११ स्थानीय तहमा ६० हजार घरधुरी लाभान्वित हुने
New Office

काठमाण्डौ । जलवायु परिवर्तनबाट बढी प्रभावित हिमाली तथा पहाडी समुदायको खाद्य सुरक्षा र जीविकोपार्जन सुधार गर्न नेपालले १० मिलियन अमेरिकी डलर (करिब १ अर्ब ३३ करोड रुपैयाँ) बराबरको अन्तर्राष्ट्रिय अनुदान परियोजना प्राप्त गर्ने भएको छ।

अन्तर्राष्ट्रिय अनुकूलन कोष बोर्डले स्वीकृत गरेको यो परियोजना वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको साझेदारीमा आगामी ६ वर्षसम्म सञ्चालन हुनेछ। 

परियोजनाबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका ५ जिल्लाका ११ स्थानीय तहका करिब ६० हजारभन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन्।

परियोजनामा हुम्ला, कालिकोट, मुगु, बझाङ र बाजुरा जिल्लाका जलवायु जोखिममा रहेका समुदायलाई प्राथमिकतामा राखिएको छ।  

खानेपानी, सिँचाइ र कृषि उत्पादनमा समस्या भोगिरहेका समुदायलाई लक्षित गर्दै दिगो कृषि, कृषि–वन प्रवर्द्धन, जलवायु अनुकूलित बीउबिजन, जडीबुटी खेती र वैकल्पिक आयआर्जनका कार्यक्रम सञ्चालन गरिनेछ।

परियोजनामा जलवायु बीमा, प्रकृतिमा आधारित समाधान र स्थानीय स्तरमा जल–मौसम पूर्वसूचना प्रणाली सुदृढ गर्ने योजना पनि समावेश छ। 

स्थानीय तहलाई मुख्य कार्यान्वयन निकाय बनाइनेछ भने संघ र प्रदेश सरकारले प्राविधिक तथा नीतिगत सहयोग गर्नेछन्।

मन्त्रालयका अनुसार परियोजनाको वित्तीय व्यवस्थापन नेपाल सरकारकै प्रणालीमार्फत हुनेछ र विश्व खाद्य कार्यक्रमले साझेदार संस्थाका रूपमा काम गर्नेछ।

सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको र दुई महिनाभित्र स्थानीय तहमा कार्यान्वयन शुरु हुने अपेक्षा गरिएको छ।

सरकारले यो परियोजनाले दुर्गम क्षेत्रका जलवायु प्रभावित समुदायको खाद्य सुरक्षा र जीवनयापनलाई दीर्घकालीन रूपमा मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.