बिहीबार, श्रावण १४,२०८३ 12:38:14
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 12:38:14
Bizshala
Global IME Bank Limited

बोटलर्स नेपाल र सीआईयूडीबीच सहकार्य, सिभिल अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण परियोजना

बोटलर्स नेपाल र सीआईयूडीबीच सहकार्य, सिभिल अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण परियोजना
New Office

काठमाण्डौ । काठमाडौंको शहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण परियोजनाको शिलान्यास गरिएको छ ।  

बोटलर्स नेपाल लिमिटेड (बिएनएल) र सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सिआईयुडी) को संयुक्त पहलमा सञ्चालन हुन लागेको यस परियोजनाको शिलान्यास कार्यक्रममा सिभिल सर्भिस अस्पताल, कोका–कोला बेभरेजेज नेपाल (सिसिबिएन) तथा सीआईयूडीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।  

कार्यक्रममा काठमाडौं उपत्यकामा बढ्दो जलसम्बन्धी चुनौती समाधान गर्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो ।

काठमाडौंमा भू–जलको सतह निरन्तर घट्दै जानुका साथै शहरी क्षेत्रमा डुबानको समस्या बढ्दै गइरहेको अवस्थामा यस परियोजनाले वर्षाको पानी तथा सतहमा बग्ने पानी संकलन गरी जमिनमुनिको जलभण्डार (एक्विफर) पुनर्भरण गर्ने प्रभावकारी प्रणालीको नमुना प्रस्तुत गर्नेछ ।

करिब ४,३४५ वर्गमिटर क्षेत्रफलबाट पानी संकलन गर्ने यस प्रणालीमार्फत वार्षिक करिब ६२ लाख ५० हजार लिटर भू–जल पुनर्भरण हुने अपेक्षा गरिएको छ । यसले स्थानीय स्तरमा हुने डुबानको जोखिम घटाउनुका साथै दिगो शहरी जल व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पु¥याउनेछ ।

यस अवसरमा सिभिल सर्भिस अस्पतालका उपसचिव अच्युत राज रेग्मीले भन्नुभयो, “कोका–कोला र सिआईयुडीले यस अस्पताल परिसरमा भू–जल पुनर्भरण निर्माणको पहल गरेकोमा हामी अत्यन्त खुसी छौँ । यसबाट अस्पताल वरपरका समुदायले प्रत्यक्ष रूपमा लाभ पाउने छन् । भविष्यमा पनि समाजलाई लाभ पुग्ने यस्ता कार्यक्रमहरू मार्फत उहाँहरूबाट यस्तै सहयोग प्राप्त भइरहोस् भन्ने हाम्रो अपेक्षा रहेको छ ।

बोटलर्स नेपाल लिमिटेड (बिएनएल), कोका–कोला बेभरेजेज नेपाल (सिसिबिएन) र सीआईयूडीबीचको जल स्रोत संरक्षणसम्बन्धी दीर्घकालीन सहकार्यअन्तर्गत यो अर्को महत्वपूर्ण परियोजना हो । यसअघि काठमाडौं महानगरपालिका–३ स्थित रानीबारी, थिमी नगरपालिका अन्तर्गत यूसेप (युसिइपी), ललितपुर महानगरपालिकास्थित राजदल सैनिक ब्यारेक, काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु पार्क तथा हालै काठमाडौं महानगरपालिकाको वडा नं. २२ र २५ मा यस्ता परियोजनाहरू सफलतापूर्वक सञ्चालनमा आइसकेका छन् ।

यी पहलहरूले सार्वजनिक तथा निजी क्षेत्रबीचको सहकार्यमार्फत नेपालको बढ्दो जल चुनौती समाधान गर्न समुदायमैत्री, प्रभावकारी तथा विस्तार गर्न सकिने दिगो समाधान सम्भव हुने उदाहरण प्रस्तुत गरेका छन् ।

सिभिल सर्भिस अस्पतालमा सञ्चालन हुन लागेको कृत्रिम भू–जल पुनर्भरण परियोजना भविष्यमा अस्पताल, विद्यालय, सरकारी कार्यालय तथा अन्य सार्वजनिक संस्थाहरूले पनि अपनाउन सक्ने नमुना परियोजनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ । यसले दीर्घकालीन रूपमा भू–जल संरक्षण, शहरी उत्थानशीलता तथा दिगो जल व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.