बिहीबार, श्रावण ७,२०८३ 07:53:53
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 07:53:53
Bizshala
Global IME Bank Limited

नेपाल चीन व्यापार फोरम: लगानी, प्रविधि र निर्यात विस्तारमा जोड

नेपाल चीन व्यापार फोरम: लगानी, प्रविधि र निर्यात विस्तारमा जोड
New Office

काठमाण्डौ । निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले नेपाल–चीनबीचको व्यापारिक तथा औद्योगिक साझेदारीलाई थप सुदृढ बनाउन चिनियाँ लगानीकर्ता तथा उद्यमीहरूलाई नेपाललाई उत्पादन, नवप्रवर्तन र दिगो विकासका लागि रणनीतिक साझेदारका रूपमा लिन आग्रह गरका छन् ।

अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि नेपाली दूतावास र चीन परिषद् फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड र चाइना चेम्बर अफ इन्टरनेशनल कमर्सको सहकार्यमा जुलाई १ र २ मा आयोजित नेपाल–चीन बिजनेस एन्ड इन्भेस्टमेन्ट फोरमलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले नेपालमा प्रविधि, लगानी र औद्योगिक सहकार्य विस्तारका लागि निजी क्षेत्र पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।

उनले चीनले नेपाली वस्तुका लागि उपलब्ध गराएको शून्य भन्सार सुविधाको अपेक्षित उपयोग अझै हुन नसकेकाले चीनसँग नेपालको ठूलो व्यापार घाटा रहेको उल्लेख गर्दै भने, ‘हामीले चीनले प्रदान गरेको शून्य भन्सार सुविधाको पूर्ण लाभ लिन सकेका छैनौं । 

अब यस अवसरलाई वास्तविक आर्थिक उपलब्धिमा रूपान्तरण गर्ने समय आएको छ ।’ नेपालका उच्च मूल्यका निर्यातयोग्य वस्तुहरूका लागि नयाँ बजार विस्तारमा जोड दिँदै हस्तनिर्मित कार्पेट, पश्मिना, उच्च गुणस्तरको चिया, कफी, जडीबुटी, मसला तथा डेरीजन्य उत्पादनको निर्यात विस्तारका प्रशस्त सम्भावना रहेको उल्लेख गरे ।

विगत ११ महिनामा मात्र नेपालले चीनबाट ३८२ अर्ब रुपैयाँको सामान आयात गरेको छ भने निार्यत केबल १.५८अर्ब रुपैयाँमात्र छ ।

कार्यक्रममा चीनका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनालले नेपाल सरकार विदेशी लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै हालका वर्षहरूमा लगानीमैत्री नीतिगत सुधारहरू अघि बढाइएको जानकारी दिए ।

चाइना चेम्बर अफ इन्टरनेशनल कमर्सका द्विपक्षीय सहयोग विभागका महानिर्देशक जु क्वाडले कार्यक्रमले दुवै देशका व्यवसायीबीच नयाँ सहकार्यका क्षेत्र पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रवद्र्धन समितिका सभापति होमप्रसाद घिमिरेले औद्योगिक सहकार्य, प्रविधि हस्तान्तरण तथा दिगो लगानीमार्फत नेपाल–चीन आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने अवसर सिर्जना भएको उल्लेख गर्नुभयो। उहाँले नेपाललाई विदेशी लगानीका लागि उदीयमान गन्तव्यका रूपमा प्रस्तुत गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

नेपाली दूतावासकी आर्थिक कूटनीति प्रमुख पार्वती अर्यालले सम्मेलनले चिनियाँ लगानीकर्ता तथा उद्यमीहरूलाई नेपालको विशाल लगानी सम्भावना नजिकबाट बुझ्ने अवसर प्रदान गरेको बताए ।  फोरममा नेपाल र चीनका विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी तथा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.