सोमबार, श्रावण १८,२०८३ 05:19:09
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 05:19:09
Bizshala
Global IME Bank Limited

सुदुरपश्चिम प्रदेश र तराईमा आज भारी वर्षाको सम्भावना

सुदुरपश्चिम प्रदेश र तराईमा आज भारी वर्षाको सम्भावना
New Office

काठमाण्डौ । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू–भागमा पनि साधारणतया बादल लाग्नेछ ।

कोशी, मधेश र बागमती प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।  देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका पनि केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा मधेश प्रदेशको एक(दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारण बादल लाग्ने, बाँकी  प्रदेशमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा स्थानमा, कोशी र कर्णाली प्रदेशका पहाडी भू–भाग, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.