शुक्रबार, आश्विन ३०,२०८३ 04:21:37
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 04:21:37
Bizshala
Global IME Bank Limited

पूँजीबजार रेस्क्यु गर्न सरकारलाई दबाब, लगानीकर्ताले मागे तत्काल सुधार योजना

Bizshala
पूँजीबजार रेस्क्यु गर्न सरकारलाई दबाब, लगानीकर्ताले मागे तत्काल सुधार योजना
New Office

काठमाण्डौ । पछिल्लो समय पूँजीबजारमा देखिएको अस्थिरता र लगानीकर्ताको घट्दो मनोबलप्रति चासो व्यक्त गर्दै सरकारले तत्काल सुधारका पहल गर्नुपर्ने माग उठेको छ।

लगानीकर्ताहरूले अर्थमन्त्रीसमक्ष पूँजी बजारलाई संकटबाट बाहिर ल्याउन सरकार, ब्रोकर, लगानीकर्ता र नियामक निकायबीच तत्काल खुला छलफल आयोजना गर्न आग्रह गरेका छन्।

बजारको वर्तमान अवस्थाको सूक्ष्म विश्लेषण गरी समस्या पहिचान गरेर दीर्घकालीन सुधारका योजना ल्याउनुपर्ने उनीहरूको माग छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले पूँजी बजार सुधारका लागि स्पष्ट कार्ययोजना तयार गरी तत्काल कार्यान्वयन गर्न सरकार जिम्मेवार भएर अघि बढ्नुपर्ने माग गरेका छन्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

‘बजारमा देखिएको अनिश्चितता हटाउन र लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न सरकारले सक्रिय भूमिका खेल्नुपर्छ’ उनले भने, ‘अहिलेको अवस्थामा आम लगानीकर्ताबीच विश्वासको वातावरण सिर्जना गर्दै सरकारले ठूला तथा संस्थागत लगानीकर्तालाई आकर्षित गर्ने नीति लिनुपर्छ ।’

पूँजी बजारलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्न नीतिगत सुधार, लगानीमैत्री वातावरण र नियामकीय सहजता आवश्यक रहेको उनको भनाइ छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.