आईतवार, आश्विन १८,२०८३ 11:30:53
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 11:30:53
Bizshala
Global IME Bank Limited

बाढीपहिरोको असरः आठ सडक पूर्ण अवरुद्ध, छ सडकमा एकतर्फी सवारी

Bizshala
बाढीपहिरोको असरः आठ सडक पूर्ण अवरुद्ध, छ सडकमा एकतर्फी सवारी
New Office

 

काठमाण्डौ । निरन्तरको वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानका आठवटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। अन्य छवटा सडकमा भने एकतर्फी रूपमा मात्रै सवारीसाधन सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ।

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित राजदुवालीमा सडक अवरुद्ध भएपछि झापा–ताप्लेजुङ सडकखण्डमा सवारी आवागमन रोकिएको छ। उक्त सडकको वैकल्पिक मार्गबाट भने सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सम्भावित बाढीको जोखिमका कारण बीपी राजमार्गसमेत बन्द गरिएको छ। पहिरोका कारण कान्ति लोकपथमा पनि सवारी आवागमन अवरुद्ध भएको छ।

त्यस्तै, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडक र गुल्मीको रुद्रवेणी सडक बाढीपहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

भोजपुरको मध्यपहाडी राजमार्ग, मकवानपुरको भीमफेदी क्षेत्रस्थित कान्ति लोकपथ, कास्कीको नयाँपुल–घान्द्रुक सडक, बागलुङको मध्यपहाडी लोकमार्ग र गुल्मीको कालीगण्डकी करिडोरमा भने एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले पहिरो पन्छाउने तथा सडक मर्मतको काम गरिरहेका छन्। प्रहरीले वर्षा जारी रहेकाले पहाडी तथा जोखिमयुक्त सडकमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.