बिहीबार, आश्विन २९,२०८३ 04:44:20
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 04:44:20
Bizshala
Global IME Bank Limited

उत्पादन, रोजगारी र दिगो विकासलाई सँगसँगै अघि बढाउनुपर्छ : राष्ट्रपति पौडेल

Bizshala
उत्पादन, रोजगारी र दिगो विकासलाई सँगसँगै अघि बढाउनुपर्छ : राष्ट्रपति पौडेल
New Office

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखिनुपर्ने बताएका छन् । इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए ।  

‘विकास निर्माणका क्रममा इतिहास, भूगोल, संस्कृति, जातीय बनोटलगायतका विविधतालाई पनि विर्सन हुँदैन’ पौडेलले भने, ‘वर्तमान समयको माग एवम् नयाँ पुस्ताको चाहना र आकांक्षालाई सम्बोधन गर्ने गरी उत्पादन, रोजगारी र आर्थिक क्रियाकलापलाई पनि तिव्ररुपमा अघि बढाउनु आवश्यक छ ।’

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

राष्ट्रपति पौडेलले भौगोलिक रूपमा जटिल तर प्राकृतिक स्रोतसाधनले धनी हाम्रो देशलाई आज दिगो र पर्यावरणमैत्री पूर्वाधारको खाँचो रहेको भन्दै मुलुकको सामु जलवायु परिवर्तनको ठूलो चुनौतीका रुपमा रहेको उल्लेख गरे । ‘यस्तो अवस्थामा हाम्रा सडक, पुल र जलविद्युत् आयोजनाहरू प्राकृतिक प्रकोप प्रतिरोधी हुनुपर्दछ । हाम्रो विकास ‘हरित विकास’को सिद्धान्तमा आधारित हुनुपर्दछ’ उनले भने ।

साथै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नै हाम्रो विकास र मानवीय हितका अनेकन आयामलाई सम्बोधन गर्दछ भन्ने कुरालाई विर्सन नहुने भन्दै लोकतन्त्रको यो सौन्दर्यलाई केवल आदर्श मात्र होइन हामीले व्यवहार र आचरणमा अवलम्बन गर्न सक्यौ भने मात्र लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उदेश्य पुरा हुने बताए ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

उनले कुनै पनि देशको भविष्य त्यस देशका युवाहरूको सोच, ऊर्जा र क्षमतामा निर्भर गर्ने भन्दै युवा मस्तिष्कको नवीन सोच  र इन्जिनियरको प्राविधिक कौशलसँगै जोडिए मात्र आर्थिक समृद्घि र समृद्ध नेपालको सपना साकार हुने स्पष्ट पारे ।  

‘समयले आज त्यो दायित्व तपाईँहरूलाई सुम्पेको छ । हाम्रा दक्ष युवा इन्जिनियर रोजगारी र अवसरको खोजीमा बिदेसिने क्रम बढ्दो छ । यो देशका लागि चिन्ताको विषय हो’ पौडेलले भने, ‘म सरकार र निजी क्षेत्रलाई युवा इन्जिनियर÷आर्किटेक्टका लागि स्वदेशमै पर्याप्त अवसर, उचित मूल्याङ्कन र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न आग्रह गर्दछु ।’

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.