बिहीबार, श्रावण १४,२०८३ 03:38:36
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 03:38:36
Bizshala
Global IME Bank Limited

सिरहाको गोलबजारमा अनिश्चितकालीन कर्फ्यु

सिरहाको गोलबजारमा अनिश्चितकालीन कर्फ्यु
New Office

काठमाण्डौ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शन चर्किएपछि सिरहाको गोलबजार क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।

दुई पक्षबीच झडप भई सुरक्षा अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले कर्फ्यु आदेश लागू गरेको हो। प्रशासनका अनुसार जिल्लाको सुरक्षा अवस्थाको विश्लेषण तथा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा उक्त आदेश जारी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको आदेशअनुसार बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्म गोलबजार नगरपालिकाको पूर्वतर्फ कसाह खोला, पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ सैनिक चोक र दक्षिणतर्फ राजेन्द्र प्रसाद राजकीय बहुमुखी क्याम्पस आसपासको क्षेत्रमा आवतजावत, भेला तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

देवानगञ्ज घटनाको विरोधमा मधेशका विभिन्न जिल्लामा प्रदर्शन फैलिन थालेपछि सिरहामा सुरक्षा सतर्कता बढाइएको हो। कर्फ्यु लागू भएसँगै गोलबजार क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा तैनाथी समेत सुदृढ पारिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.