बिहीबार, श्रावण १४,२०८३ 07:15:17
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 07:15:17
Bizshala
Global IME Bank Limited

सिरहा झडपमा गोली लागेका १५ वर्षीय किशोरको मृत्यु, क्षेत्रमा कर्फ्यू र बाक्लो सुरक्षा

सिरहा झडपमा गोली लागेका १५ वर्षीय किशोरको मृत्यु, क्षेत्रमा कर्फ्यू र बाक्लो सुरक्षा
New Office

 

काठमाण्डौ ।सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको छ।

औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको प्रारम्भिक जानकारी जिल्ला प्रशासन कार्यालय सिरहाले दिएको हो।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले यादवको मृत्यु भएको खबर प्रशासनलाई प्राप्त भएको बताए।

‘मृत्यु भएको भन्ने खबर आएको छ। औरही गाउँपालिका–२ का गणेश यादवको निधन भएको जानकारी हामीले पाएका छौँ,’ बरालले भने।

झडपका क्रममा गोली कसले चलाएको हो र यादवलाई कुन परिस्थितिमा गोली लागेको हो भन्ने विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। प्रशासनले घटनाबारे थप सूचना संकलन भइरहेको जनाएको छ।

सुनसरीको कप्तानगञ्ज घटनालाई लिएर भएको प्रदर्शनका क्रममा सिरहामा दुई पक्षबीच झडप भएको थियो। स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

कर्फ्यू जारी रहँदासमेत प्रदर्शन, तोडफोड र आगजनी भएपछि सुरक्षा अवस्था थप जटिल बनेको थियो। प्रदर्शनकारीले एउटा मोटरसाइकल ग्यारेजबाट सवारीसाधन निकालेर आगो लगाउँदा ११ वटा मोटरसाइकल जलेर नष्ट भएका थिए।

झडपमा अन्य व्यक्तिसमेत घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको बताइएको छ।

किशोरको मृत्यु भएपछि सम्भावित थप तनाव रोक्न प्रभावित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। स्थानीय प्रशासनले सर्वसाधारणलाई कर्फ्यूको पूर्ण पालना गर्न तथा उत्तेजक अभिव्यक्ति, अफवाह र हिंसात्मक गतिविधिबाट टाढा रहन आग्रह गरेको छ।

सुनसरीबाट सुरु भएको तनाव जनकपुर र सिरहासम्म फैलिँदै मानवीय क्षतिसमेत हुन थालेपछि सामाजिक सद्भाव कायम गर्ने र स्थिति नियन्त्रणमा लिने सरकारको क्षमतामाथि थप प्रश्न उठेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.