काठमाण्डौ । सरकारले २३ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग, नियोग तथा प्रदेश सरकारका कार्यालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो। सरुवा सूचीअनुसार गृह मन्त्रालय, अर्थ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसहित विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा व्यापक परिवर्तन गरिएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार शंकरहरि आचार्यलाई राष्ट्रिय महिला आयोगबाट भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेशका प्रदेश सचिव देव राज जोशीलाई अर्थ मन्त्रालयअन्तर्गत खटाइएको छ।
ध्रुव घिमिरेलाई भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट राष्ट्रिय योजना आयोगको सचिवालयमा लगिएको छ भने चिरञ्जीवी पौडेललाई उपराष्ट्रपति कार्यालयबाट गृह मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ।
त्यसैगरी, श्रवणकुमार पोखरेललाई भूमि व्यवस्था मन्त्रालयबाट गृह मन्त्रालयमा, यमेन्द्र उपाध्यायलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट मधेश प्रदेशको सामाजिक विकाससम्बन्धी मन्त्रालयमा जिम्मेवारी दिइएको छ।
लुम्बिनी प्रदेशका प्रदेश सचिव विनोद लामिछानेलाई भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ भने राजेश गौतमलाई राष्ट्रिय योजना आयोगबाट लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा सचिवको जिम्मेवारी दिइएको छ।
राजेन्द्रदेव पाण्डेलाई नेपाल ट्रस्टबाट भूमि व्यवस्था मन्त्रालयको अतिरिक्त समूहमा, कालीप्रसाद पराजुलीलाई गृह मन्त्रालयबाट राष्ट्रिय महिला आयोगको सचिवमा सरुवा गरिएको छ। त्यस्तै तीर्थराज चिलुवाललाई अर्थ मन्त्रालयबाट गण्डकी प्रदेशको प्रदेश सचिवमा खटाइएको छ।
सुमन घिमिरेलाई गृह मन्त्रालयबाट नेपाल ट्रस्टको कार्यालयमा, आभा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी मन्त्रालयबाट मधेश प्रदेशको प्रदेश सचिवमा सरुवा गरिएको छ।
ऋषिराज आचार्यलाई गण्डकी प्रदेशको प्रदेश सचिवबाट लगानी बोर्डको कार्यालयमा, बलराम ढकाललाई राष्ट्रपति कार्यालयबाट थारू आयोगको सचिवमा जिम्मेवारी दिइएको छ।
गोविन्दप्रसाद रिजाललाई भूमि व्यवस्था मन्त्रालयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत, रुद्रप्रसाद लामिछानेलाई थारू आयोगबाट भूमि व्यवस्था मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ।
त्यस्तै, धर्मराज जोशीलाई गृह मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशको प्रदेश सचिवमा, नारायणप्रसाद सापकोटालाई भूमि व्यवस्था मन्त्रालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगअन्तर्गत सरुवा गरिएको छ।
कृष्णबहादुर शाहीलाई बागमती प्रदेशको प्रदेश सचिवबाट भूमि व्यवस्था मन्त्रालयको अतिरिक्त समूहमा, प्रद्युम्नप्रसाद उपाध्यायलाई लोक सेवा आयोगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सरुवा गरिएको छ।
चन्द्रबहादुर सिवाकोटीलाई युवा तथा श्रम मन्त्रालयबाट भूमि व्यवस्था मन्त्रालयको अतिरिक्त समूहमा र सुवासचन्द्र सिवाकोटीलाई सूचना तथा सञ्चार मन्त्रालयबाट तुलसीपुर उपमहानगरपालिका, दाङको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।

