आईतवार, कार्तिक ८,२०८३ 11:36:43
  • आईतवार, कार्तिक ८,२०८३ 11:36:43
Global IME Bank Limited

वीरगञ्जमा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

Bizshala
वीरगञ्जमा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक
New Office

काठमाण्डौ। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३क० बमोजिम जारी गरिएको आदेशअनुसार आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म निषेधाज्ञा लागू हुनेछ।

निषेधाज्ञा अवधिमा आदेश उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा वीरगञ्ज महानगरपालिकाभित्रका निम्न स्थानहरू रहेका छन्ः

पूर्वः प्रतिमा चोक

पश्चिमः बसपार्क बाइपास रोड

उत्तरः तिलावे पुल

दक्षिणः गण्डक चोक हुँदै शंकराचार्य गेटसम्म

जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटना रोक्न निषेधाज्ञा जारी गरिएको जनाएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.