काठमाण्डौ। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३क० बमोजिम जारी गरिएको आदेशअनुसार आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म निषेधाज्ञा लागू हुनेछ।
निषेधाज्ञा अवधिमा आदेश उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा वीरगञ्ज महानगरपालिकाभित्रका निम्न स्थानहरू रहेका छन्ः
पूर्वः प्रतिमा चोक
पश्चिमः बसपार्क बाइपास रोड
उत्तरः तिलावे पुल
दक्षिणः गण्डक चोक हुँदै शंकराचार्य गेटसम्म
जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटना रोक्न निषेधाज्ञा जारी गरिएको जनाएको छ।

