काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ग्राहकको वित्तीय आवश्यकता सहज, सरल र किफायती रूपमा पूरा गर्ने उद्देश्यले आकर्षक घर कर्जा तथा सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकले देशभर रहेका आफ्ना शाखा तथा एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ। सोही क्रममा ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै नयाँ कर्जा योजना ल्याइएको बैंकले जनाएको छ।
बैंकका अनुसार घर कर्जा योजनाअन्तर्गत ग्राहकले अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ।
यस योजनामा कर्जाको सेवा शुल्क ०.५० प्रतिशत कायम गरिएको छ भने ब्याजदर बैंकको औसत आधार दरमा थप ०.५० प्रतिशत वार्षिक कायम गरिएको बैंकले जनाएको छ।
घर कर्जा योजनामार्फत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतसम्भारका साथै घर निर्माण गर्ने प्रयोजनका लागि जग्गा खरिद गर्न समेत वित्तीय सुविधा उपलब्ध गराइनेछ।
त्यसैगरी, बैंकले व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न अधिकतम ७ वर्षसम्मको कर्जा सुविधा उपलब्ध गराउने भएको छ। सवारी साधन कर्जामा पनि सेवा शुल्क ०.५० प्रतिशत तथा ब्याजदर बैंकको औसत आधार दरमा थप ०.५० प्रतिशत वार्षिक कायम गरिएको बैंकले जनाएको छ।
यस योजनाको विशेष आकर्षणका रूपमा सम्पूर्ण आवश्यक कागजात पेश गरेको दुई कार्यदिनभित्र डेलिभरी अर्डर उपलब्ध गराउने व्यवस्था गरिएको बैंकको भनाइ छ। यसबाट ग्राहकले प्रतिस्पर्धी ब्याजदरमा सहज र छिटो सवारी साधन खरिद गर्न सक्ने बैंकले विश्वास लिएको छ।
प्रभु बैंकले कर्जा प्रक्रियालाई छिटो, सरल तथा पारदर्शी बनाउँदै ग्राहकलाई गुणस्तरीय सेवा र विश्वसनीय बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयास गरिरहेको जनाएको छ।
बैंकका अनुसार उक्त कर्जा योजना देशभरका प्रभु बैंकका शाखामार्फत उपलब्ध हुनेछ। योजनाबारे थप जानकारीका लागि ग्राहकले नजिकैको प्रभु बैंकको शाखामा सम्पर्क गर्न सक्नेछन्। साथै बैंकको ग्राहक सेवा केन्द्रको ०१–५९७०४८८ नम्बरमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।