आईतवार, श्रावण ३१,२०८३ 03:45:41
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 03:45:41
Bizshala
Global IME Bank Limited

विमल इलायचीको विज्ञापनबारे शाहरुख, अजय र टाइगरलाई महाराष्ट्र एफडीएको नोटिस

Prabhu Bank Limited
विमल इलायचीको विज्ञापनबारे शाहरुख, अजय र टाइगरलाई महाराष्ट्र एफडीएको नोटिस
New Office

काठमाण्डौ । भारतको महाराष्ट्रको खाद्य तथा औषधि प्रशासन(एफडीए)ले बलिउड अभिनेता शाहरुख खान, अजय देवगण र टाइगर श्रॉफलाई ‘विमल इलायची’को विज्ञापनमा संलग्न भएको विषयमा कारण देखाऊ नोटिस जारी गरेको छ। एफडीएले उक्त विज्ञापनमार्फत महाराष्ट्रमा प्रतिबन्धित ‘विमल पान मसाला’को अप्रत्यक्ष अर्थात् ‘सरोगेट’ प्रचार भएको आशंका गरेको छ।

एफडीएले अगस्ट ११ मा तीनै अभिनेतालाई नोटिस पठाउँदै १५ दिनभित्र विज्ञापनमा आफ्नो भूमिकाबारे स्पष्टीकरण दिन भनेको छ। तोकिएको अवधिमा जवाफ नआएमा वा प्राप्त जवाफ सन्तोषजनक नभएमा थप कानुनी कारबाही अघि बढाउन सकिने एफडीएले जनाएको छ।

एफडीएका अनुसार विज्ञापनमा ‘विमल’ नाम, ब्रान्ड र संवादलाई प्रयोग गर्ने शैलीले उपभोक्तामाझ ‘विमल’ ब्रान्डको पहिचान स्थापित गर्ने प्रयास भएको देखिन्छ। सोही ब्रान्ड पान मसालासँग पनि जोडिएकाले इलायचीको विज्ञापनमार्फत प्रतिबन्धित पान मसालाको अप्रत्यक्ष प्रचार भएको हुन सक्ने एफडीएको दाबी छ।

CG Motors

सरोगेट विज्ञापन भन्नाले प्रतिबन्धित वा प्रत्यक्ष रूपमा विज्ञापन गर्न नमिल्ने उत्पादनको ब्रान्ड पहिचान कायम राख्दै सोही नाममा अर्को उत्पादनको प्रचार गर्ने अभ्यासलाई बुझिन्छ। यस मामिलामा ँम्ब् ले ‘विमल इलायची’को विज्ञापनलाई त्यही दृष्टिकोणबाट अनुसन्धान गरिरहेको छ।

महाराष्ट्र सरकारले सार्वजनिक स्वास्थ्यको कारण देखाउँदै गुटखा, पान मसाला तथा सुगन्धित÷स्वादयुक्त तम्बाकूजन्य उत्पादनको उत्पादन, भण्डारण, वितरण, ढुवानी र बिक्रीमा प्रतिबन्ध लगाउँदै आएको छ। पछिल्लो प्रतिबन्ध आदेश १३ जुलाई २०२६ देखि एक वर्षका लागि लागू गरिएको छ।

एफडीए आयुक्त तुकाराम मुंढेले प्रतिबन्धित गुटखा तथा तम्बाकूको संगठित कारोबारविरुद्ध थप कडा कदम चाल्ने संकेतसमेत दिएका छन्। जुन महिनामा उनले प्रतिबन्धित खाद्य तथा तम्बाकूजन्य पदार्थको संगठित सञ्जालविरुद्ध महाराष्ट्र संगठित अपराध नियन्त्रण ऐन अन्तर्गत कारबाही अघि बढाउने विषयमा अधिकारीहरूलाई निर्देशन दिएका थिए।

‘विमल’ ब्रान्डका विज्ञापनलाई लिएर यसअघि पनि नियामक तथा कानुनी प्रश्न उठिसकेका छन्। महाराष्ट्रमा तम्बाकूजन्य उत्पादनको अप्रत्यक्ष प्रचार भएको भन्दै विगतमा सम्बन्धित सरकारी निकायले ब्रान्डसँग जोडिएका विज्ञापनबारे चासो व्यक्त गरेका थिए।

यसैगरी, २०२५ मा जयपुरको उपभोक्ता विवाद समाधान आयोगले शाहरुख खान, अजय देवगण र टाइगर श्रॉफसहित सम्बन्धित पक्षलाई विमल पान मसालाको कथित भ्रामक विज्ञापनबारे नोटिस जारी गरेको थियो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.