काठमाण्डौ। नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभाको नयाँ मिति तय गरेको छ। कम्पनीको सञ्चालक समितिको पूर्वनिर्णयअनुसार भदौ १५ गते सोमबार आयोजना गर्ने गरी आह्वान गरिएको छैटौँ वार्षिक साधारणसभा विद्यमान असहज परिस्थिति तथा देशको समग्र अवस्थालाई दृष्टिगत गर्दै स्थगित गरिएको हो।
सेयरधनी, सञ्चालक तथा अन्य सरोकारवालाको आवागमन, सहभागिता तथा सुरक्षालाई ध्यानमा राख्दै सभा स्थगित गरिएको कम्पनीले जनाएको छ।
स्थगित साधारणसभा भदौ २६ गते शुक्रबार दिउँसो १२ः३० बजे काठमाण्डौको मेरियट होटलमा आयोजना हुने भएको छ।
कम्पनीका अनुसार यसअघि प्रकाशित साधारणसभाको सूचनामा उल्लेखित सम्पूर्ण एजेन्डा यथावत् रहनेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।