बुधबार, आश्विन ७,२०८३ 03:16:11
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 03:16:11
Bizshala
Global IME Bank Limited

बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले फेरि तान्दै २० अर्ब

Bizshala
बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले फेरि तान्दै २० अर्ब
New Office

 

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ।

केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले आइतबार २० अर्ब रुपैयाँ बराबरको ३ महिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत जारी गर्न लागेको हो। यस उपकरणको अवधि ८६ दिन रहनेछ।

राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत दिउँसो ३ बजेसम्म बोलकबोलमा सहभागी हुन सक्नेछन्।

निक्षेप संकलनको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाले बहु–ब्याजदरमा समेत प्रस्ताव पेस गर्न सक्नेछन्। राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिँदै क्रमशः रकम बाँडफाँड गर्नेछ।

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि सहभागी हुन सकिनेछ। त्यसभन्दा माथिको रकम भने १० करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्न पाइने व्यवस्था छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

राष्ट्र बैंकले संकलन गरेको यस्तो निक्षेपलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दात अर्थात् सीआरआरमा गणना गर्न पाउने छैनन्। तर, वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ।

यस्तै, उक्त निक्षेपलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ। उपकरण परिपक्व हुनुअघि भने रकम फिर्ता अर्थात् ‘प्रि–म्याच्योर’ भुक्तानी नहुने राष्ट्र बैंकले स्पष्ट गरेको छ।

पछिल्लो समय कर्जा विस्तारको तुलनामा निक्षेप वृद्धि उच्च हुँदा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ। यही अतिरिक्त तरलताका कारण अल्पकालीन ब्याजदरमा दबाब परेपछि राष्ट्र बैंकले निक्षेप संकलनलगायतका मौद्रिक उपकरणमार्फत प्रणालीबाट रकम निरन्तर प्रशोचन गर्दै आएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.