शनिबार, आश्विन ३१,२०८३ 06:10:45
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 06:10:45
Bizshala
Global IME Bank Limited

प्रवासी नेपालीको पूँजीबाट ऊर्जा क्षेत्रमा बीआईजीको विस्तार, ५ वर्षभित्र आईपीओ निष्कासनको लक्ष्य

Bizshala
प्रवासी नेपालीको पूँजीबाट ऊर्जा क्षेत्रमा बीआईजीको विस्तार,  ५ वर्षभित्र आईपीओ निष्कासनको लक्ष्य
New Office

काठमाण्डौ । विदेशमा रहेका नेपालीले आर्जन गरेको पूँजीलाई स्वदेशका उत्पादनशील क्षेत्रमा परिचालन गर्ने उद्देश्यसहित अघि बढेको ब्रह्माण्ड इन्भेस्टमेन्ट ग्रुप (बीआईजी) प्रा.लि.ले ऊर्जा क्षेत्रमा आफ्नो लगानी विस्तार गर्दै सार्वजनिक सेयरबजारमा समेत प्रभाव बढाउँदै गएको छ ।

बीआईजीको प्रारम्भिक लगानीमध्येको एक बेनी हाइड्रोपावर लिमिटेडको आईपीओमा मागभन्दा ३० दशमलव ५५ गुणा बढी आवेदन परेको छ । कम्पनीले केही दिनअघि मात्रै सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।  

सोलुखुम्बुमा निर्माण भएको १९ दशमलव ८ मेगावाट क्षमताको यो कम्पनीले गत आर्थिक वर्षमा १५ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । लगातार दुई वर्ष घाटामा रहेको आयोजना नाफामा फर्किएपछि सर्वसाधारणका लागि सेयर निष्कासन गरिएको हो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सन् २०१३ मा क्याप्टेन पृथ्वीराज राईसहितको पहलमा स्थापना भएको बीआईजीमा अहिले १६७ भन्दा बढी लगानीकर्ता आबद्ध छन् । अधिकांश लगानीकर्ता विदेशमा रहेका नेपाली सेवाकर्मी तथा विभिन्न पेशामा संलग्न व्यक्ति रहेको कम्पनीले जनाएको छ । उनीहरूले विदेशमा कमाएको रकमलाई जलविद्युतलगायतका उत्पादनशील क्षेत्रमा सामूहिक रूपमा लगानी गर्दै आएका छन् ।

बीआईजीका प्रमुख कार्यकारी अधिकृत चेवन राईले बेनी हाइड्रोपावरको आईपीओले संस्थाका लगानीकर्तासँगै आम नेपालीलाई समेत ऊर्जा क्षेत्रमा प्रत्यक्ष लगानीको अवसर सिर्जना गरेको बताए ।

बीआईजीले बेनी हाइड्रोपावरबाहेक सिन्धुपाल्चोकको ३ दशमलव २ मेगावाटको गेलुन खोला जलविद्युत आयोजना तथा ६४ मेगावाटको अपर न्यासेम र न्यासेम ए जलविद्युत आयोजनामा समेत लगानी गरेको छ ।  

गेलुन खोला सञ्चालनमा आइसकेको छ भने अपर न्यासेम तथा न्यासेम एले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरिसकेको र वित्तीय व्यवस्थापनको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

विदेशी भूमिमा रहेका नेपालीको बचतलाई स्वदेशमा लगानी गर्ने मोडललाई विस्तार गर्ने लक्ष्यसहित बीआईजीले अब जलविद्युतबाहेक पर्यटन, आतिथ्य तथा शिक्षा क्षेत्रमा समेत लगानी विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले आगामी तीन वर्षभित्र नेपालका प्रमुख लगानी कम्पनीमध्ये एक बन्ने र पाँच वर्षभित्र आफ्नै सेयर सार्वजनिक निष्कासन गर्ने लक्ष्य राखेको जनाएको छ ।

अप्रिल २०२६ देखि बीआईजीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका राईसँग व्यवसाय, कानुन तथा लगानी रणनीतिमा करिब १५ वर्षको अनुभव रहेको बताइएको छ । उनले विश्व बैंक, एसियाली विकास बैंक तथा संयुक्त राष्ट्रसंघका विभिन्न निकायसँग समेत काम गरिसकेका छन् ।

बीआईजीले सामूहिक लगानीमार्फत प्रवासी नेपालीको पूँजीलाई स्वदेशको उत्पादनशील क्षेत्रमा परिचालन गर्दै आर्थिक विकासमा योगदान पु¥याउने आफ्नो लक्ष्य रहेको जनाएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.