आईतवार, आश्विन ११,२०८३ 10:12:59
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 10:12:59
Bizshala
Global IME Bank Limited

अमेरिका र चीनबीच ३० अर्ब डलरको कर कटौती सहमति, एआई संवाद सुरु गर्ने निर्णय

अमेरिका र चीनबीच ३० अर्ब डलरको कर कटौती सहमति, एआई संवाद सुरु गर्ने निर्णय
New Office

काठमाण्डौ । चीन र अमेरिकाबीच पारस्परिक कर (ट्यारिफ) कटौतीसम्बन्धी करिब ३० अर्ब अमेरिकी डलर बराबरको व्यवस्था गर्ने सहमति भएको चीनले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वासिङ्टनमा भएको भेटवार्तापछि आठ बुँदे सहमति सार्वजनिक गरिएको हो।

चीनको विदेश मन्त्रालयका अनुसार दुई देशले एआईसम्बन्धी संवाद सुरु गर्ने, व्यापार परिषद् स्थापना गर्ने तथा क्वालालम्पुरमा यसअघि भएका वार्ताका सहमतिलाई निरन्तरता दिने निर्णय गरेका छन्।

यो सहमति विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार तनाव कम गर्ने प्रयासअन्तर्गत भएको हो। यसअघि अमेरिका र चीनले नोभेम्बर १० मा समाप्त हुने भनिएको व्यापार युद्धविरामलाई थप दुई महिनासम्म लम्ब्याउने सहमति गरेका थिए। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यसले थप व्यापक व्यापार सम्झौताका लागि वार्ताको समय उपलब्ध गराउने बताएका थिए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सी चिनफिङ र ट्रम्पबीच भएको तीनदिने शिखर बैठक शुक्रबार सम्पन्न भएको थियो। बैठकले ठूलो सार्वजनिक घोषणाभन्दा पनि दुई नेताबीचको कूटनीतिक संवादलाई प्राथमिकता दिएको बताइएको छ। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सी त्यसपछि बेइजिङ फर्किएका छन्।

चीनको विदेश मन्त्रालयका अनुसार दुवै देशले कृत्रिम बुद्धिमत्ताको जोखिम र सम्भावित फाइदाबारे छलफल गर्न संवाद संयन्त्र बनाउने सहमति गरेका छन्। एआई सम्बन्धी अर्को चरणको वार्ता नोभेम्बरमा हुने र एआईसँग सम्बन्धित घटनाका लागि सञ्चार माध्यम स्थापना गरिने जनाइएको छ।

आर्थिक विषयबाहेक अमेरिका र चीनले एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) नेताहरूको बैठक तथा जी–२० शिखर सम्मेलन आयोजना गर्ने विषयमा एकअर्कालाई सहयोग गर्ने सहमति गरेका छन्। दुवै नेताले एकअर्काले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने योजना रहेको बताइएको छ।

विदेश नीतिका विषयमा दुवै पक्षले इरानले आणविक हतियार विकास नगर्ने आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्ने धारणा राखेका छन्। साथै, अन्तर्राष्ट्रिय जलमार्गमा कुनै पनि देश वा संस्थाले पारवहन शुल्क लगाउन नहुने विषयमा पनि सहमति भएको चीनको विदेश मन्त्रालयले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.