आईतवार, आश्विन १८,२०८३ 06:10:10
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 06:10:10
Bizshala
Global IME Bank Limited

नेपाल लाइफ इन्स्योरेन्स एनपीएलको ‘Powered By’ पार्टनर

Bizshala
नेपाल लाइफ इन्स्योरेन्स एनपीएलको ‘Powered By’ पार्टनर
New Office

 

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को प्रसारणका लागि ‘Powered By’ पार्टनर बनेको छ।

नेपाल लाइफ र हिमालय स्पोर्ट्स एचडीबीच एनपीएलको टेलिभिजन प्रसारणसम्बन्धी सहकार्यका लागि सम्झौता भएको हो। सम्झौता एक समारोहबीच सम्पन्न भएको कम्पनीले जनाएको छ।

यस वर्षको टी–२० क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग २०८३ आगामी कात्तिक ८ गतेदेखि मंसिर २१ गतेसम्म सञ्चालन हुने तय भएको छ।

नेपाल लाइफले क्रिकेट नेपाली समाजमा साझा उत्साह, भावना र राष्ट्रिय एकताको माध्यमका रूपमा विकसित हुँदै गएको भन्दै एनपीएलको प्रसारणसँग आफ्नो ब्रान्डलाई जोडेको जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले खेलकुदले मानिसलाई नजिक ल्याउने र एकताको भावना बलियो बनाउने भएकाले एनपीएलको प्रसारणमार्फत देशभरका दर्शकसँग जोडिन पाउनु कम्पनीका लागि महत्वपूर्ण रहेको बताए।

उनले सहकार्यलाई नेपाली खेलकुद क्षेत्रको प्रवर्द्धन, विकास र उत्थानमा सहयोग पुर्‍याउने प्रतिबद्धताको हिस्साका रूपमा लिएको बताए।

नेपाल लाइफका अनुसार एनपीएलको प्रसारणमार्फत ठूलो दर्शक समुदायसम्म पुग्दै जीवन बीमामार्फत आर्थिक सुरक्षा, विश्वास र जिम्मेवार भविष्य निर्माणको सन्देश प्रवाह गर्ने लक्ष्यसमेत राखिएको छ।

कम्पनीले खेलकुदले समाजमा सकारात्मक ऊर्जा, एकता र आपसी सम्बन्ध बलियो बनाउने भएकाले यस्ता प्रसारण प्लेटफर्मसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.