मंगलवार, आश्विन २७,२०८३ 10:10:19
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 10:10:19
Bizshala
Global IME Bank Limited

एआईको लगानीले युद्धको असर केही कम, सन् २०२६ मा विश्व अर्थतन्त्र अपेक्षाभन्दा कम सुस्ताउने

Bizshala
एआईको लगानीले युद्धको असर केही कम, सन् २०२६ मा विश्व अर्थतन्त्र अपेक्षाभन्दा कम सुस्ताउने
New Office

काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२६ का लागि विश्व आर्थिक वृद्धिको प्रक्षेपण बढाएको छ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी लगानीमा आएको तीव्र वृद्धिले ऊर्जा लागतमा भएको उच्च वृद्धिको केही असर कम गरेपछि कोषले विश्व अर्थतन्त्र यसअघि अनुमान गरिएभन्दा कम सुस्ताउने प्रक्षेपण गरेको हो।

कोषका अनुसार सन् २०२६ मा विश्व अर्थतन्त्र ३.१ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। यसअघि जुलाईमा ३ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको थियो। यद्यपि यो वृद्धि गत वर्षको ३.५ प्रतिशतभन्दा कम हुनेछ।

सन् २०२७ का लागि भने कोषले विश्व आर्थिक वृद्धिको प्रक्षेपण ३।४ प्रतिशतमै यथावत् राखेको छ।

कोषले सन् २०२७ मा विश्वव्यापी मुद्रास्फीति ४.१ प्रतिशत रहने अनुमान गरेको छ। जुलाईमा यस्तो अनुमान ३.९ प्रतिशत थियो। त्यतिबेला होर्मुज जलडमरूमध्य जुलाईको मध्यसम्म पुनः खुल्ने र सन् २०२७ को मार्चसम्म अवस्था युद्धअघिको स्तरमा फर्किने अनुमान गरिएको थियो। चालु वर्षका लागि भने मुद्रास्फीतिको प्रक्षेपण ४।७ प्रतिशतमै कायम राखिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

अन्तर्राष्ट्रिय मुद्रा कोषले अहिले होर्मुज जलडमरूमध्य आगामी मार्चमा पुनः खुल्ने र अर्को वर्षको अक्टोबरसम्म युद्धअघिको अवस्थामा फर्किने अनुमान गरेको छ। सेप्टेम्बरमा खाडी क्षेत्रबाट कच्चा तेल निर्यात युद्धअघिको स्तरको औसत ८८ प्रतिशत पुगेको पनि कोषले जनाएको छ।

यो प्रतिवेदन यसै साता बैंककमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वार्षिक बैठकका अवसरमा सार्वजनिक गरिएको हो। बैठकमा कोषका १९१ सदस्य राष्ट्रका अर्थमन्त्री तथा केन्द्रीय बैंकका प्रमुखहरू भू–राजनीतिक तनाव, बढ्दो सार्वजनिक ऋण र कृत्रिम बौद्धिकतासँग सम्बन्धित विषयमा छलफल गरिरहेका छन्।

कोषका अनुसार कृत्रिम बौद्धिकतासम्बन्धी लगानीले विश्व अर्थतन्त्रमा माग बढाउने प्रभाव पारेको छ। यही कारण मध्यपूर्वको युद्ध र व्यापारिक तनावका बाबजुद वर्षको पहिलो छ महिनामा आर्थिक गतिविधि अपेक्षाभन्दा बलियो रह्यो।

वित्तीय बजार पनि तुलनात्मक रूपमा शान्त रहेको उल्लेख गर्दै कोषले त्यसको एउटा कारण कृत्रिम बौद्धिकतासम्बन्धी अत्यधिक उत्साह हुन सक्ने जनाएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

अहिलेसम्म उपलब्ध सञ्चिति र अर्थतन्त्रको अनुकूलन क्षमताले नकारात्मक धक्कालाई केही हदसम्म थेग्न सहयोग गरेको कोषको भनाइ छ। इन्धनका स्रोत विविधीकरण गर्ने र रणनीतिक भण्डार प्रयोग गर्ने जस्ता उपायले मध्यपूर्वको युद्धका कारण ऊर्जा बजारमा उत्पन्न अस्थिरता केही नियन्त्रणमा राख्न मद्दत गरेको प्रतिवेदनमा उल्लेख छ।

तर निकट भविष्यमा यस्तो सुरक्षा कवच तीव्र रूपमा कमजोर हुँदै गएको कोषले चेतावनी दिएको छ।

विश्वभरको तेल भण्डार दैनिक करिब २७ लाख ब्यारलका दरले घटिरहेको र यो अवस्था तेलको मूल्यमा तीव्र उतारचढाव ल्याउन सक्ने स्तरनजिक पुगेको कोषले जनाएको छ।

ऊर्जा आपूर्तिमा देखिन सक्ने अवरोधले कृत्रिम बौद्धिकताबाट प्रेरित आर्थिक गतिलाई समेत कमजोर बनाउन सक्ने जोखिम छ। त्यसमाथि विभिन्न देशका सरकारहरूको वित्तीय अवस्थाप्रति बढ्दो चिन्ताले विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गर्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X