शनिबार, श्रावण २,२०८३ 09:13:04
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:13:04
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया लघुवित्तद्वारा आँखा स्वास्थ्य शिविर सञ्चालन

एनआईसी एशिया लघुवित्तद्वारा आँखा स्वास्थ्य शिविर सञ्चालन
New Office

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आँखा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संस्थाले असार १ गते शनिबारका दिन वारा जिल्लास्थित परवानिपुर शाखामा आँखा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।  

गरिब, विपन्न तथा ग्रामिण भेगमा रहेका पहुँच नपुगेका व्यक्तिहरुलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ । उक्त शिविरमा १२४ जना आँखाका समस्या भएका विरामीहरुलाई स्वास्थ्य सेवा प्रदा गरिएको थियो । निःशुल्क चेक जाँच, निःशुल्क औषधि वितरण तथा निःशुल्क मोति विन्दुका शल्यक्रिया सेवा प्रदान गरिएको थियो ।  

उक्त कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्ने केडिया आँखा अस्पताल विरगंजका डाक्टर तथा स्वाथ्यकर्मीहरु, सुरक्षा मार्फत सहयोग गर्ने इलाका प्रहरी कार्यालयका प्रमुख तथा सुरक्षा निकायका प्रतिनिधीहरु लगायत कार्यक्रमलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई संस्थाले धन्यवाद ज्ञापन गरेको छ ।  

इटहरी नगरपालिका वडा न ९ रजिष्टार्ड कार्यालय तथा बनेपा नगरपालिका वडा नं ८, बनेपामा कर्पोरेट कार्यालय रही देशका ७४ जिल्लामा २८७ शाखा कार्यालय मार्फत आर्थिक, सामाजिक र भौगोलिक रुपले पिछडिएका निम्न वर्गीय जनताहरु विशेष गरी ग्रामीण महिलाहरुलाई लक्षित गरी एक अग्रणी लघुवित्तको रुपमा एनआईसी एशिया लघुवित्तले विगत १० वर्षदेखि वित्तीय सेवाको पहुँच पुर्याउँदै आइरहेको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.