मंगलवार, असार ९,२०८३ 12:40:46
Bizshala
  • मंगलवार, असार ९,२०८३ 12:40:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रचण्डका लागि संसदमा गीत-'कसले देला तिम्लाई माया मैले दिएँ जति !'

Laxmi Sunrise Bank Limited
प्रचण्डका लागि संसदमा गीत-'कसले देला तिम्लाई माया मैले दिएँ जति !'

काठमाण्डौ । एमाले नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रतिनिधिसभामा गीत गाएर प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिएका छन् । 

New Office
CG Motors
Garima Development Bank

प्रधानमन्त्रीको रुपमा प्रचण्डले पाँचौ पटक आज प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् । त्यो मतको विपक्षमा रहेको एमालेको तर्फबाट संसदलाई सम्बोधन गर्दै भट्टराईले आफ्ना दलका मन्त्रीहरु राजीनामा लिएर जाँदा प्रचण्डले कसैलाई माया गरी एउटा भूल गरेँ मैले बोलको गीत आएको प्रसंग कोट्याउँदै त्यसको जवाफमा गीतका दुई लाइन सुनाए । प्रचण्डमा समर्पित भन्दै योगेशले प्रस्तुत गरेको गीत यस्तो छः

कसले देला तिम्लाई माया मैले दिएँ जति

झिक तूलो जोखौं आज कसको माया कति ?

नेता भट्टराईले विगतमा प्रचण्डलाई एमालेले निकै नै साथ दिएको, तर त्यसले काम नगरेको प्रसंगमा यो गीत सुनाएका थिए।  

उनले जनआन्दोलनपछि बनेका सबै सरकारहरुमध्ये २ पटक मात्र माओवादी सहभागी नभएको स्मरण गराउँदै प्रचण्ड र माओवादी सुविधाभोगी भएको आरोप लगाए ।  

'माओवादीलाई कहाँ जानु थियो ? कहाँ पुगियो ? कोसँग हिँड्नुपर्ने थियो, कोसँग हिँडियो ? समीक्षा गर्नुस् प्रधानमन्त्री ज्यू । निर्ममतापूर्वक सिंहावलोकन गर्नुस् ।'- भट्टराईले भने ।  

माओवादी जनआन्दोलनपछिका सरकारमा निरन्तर सहभागी भएको भन्दै कांग्रेस र एमालेले आत्मासमीक्षा गर्ने सुनौलो अवसर दिएको भन्दै त्यसको भरपूर उपयोग गर्न समेत उनले सुझाए ।  

विगतमा एमालेसँग राष्टपति समेत दिने सहमति गरी धोका दिएको प्रसंग उल्लेख गर्दै भट्टराईले प्रचण्डले विगतमा दिएका धोकाधडी समेत उल्लेख गरे । विगतलाई नियाल्दा त हाम्रा अध्यक्ष(केपी ओली) होइन कि, तपाई चाहिँ धोकेबाज ठहर्छ नि ? यो कुरा बिर्सिनुभयो ? उनले प्रश्न गरे ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.