मंगलवार, असार ९,२०८३ 12:40:07
Bizshala
  • मंगलवार, असार ९,२०८३ 12:40:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शितल निवास बोलाइएका अधिकांश संविधानविदद्वारा ७६(२) अनुसार नयाँ सरकार गठनको आह्वान गर्न सुझाव

Laxmi Sunrise Bank Limited
शितल निवास बोलाइएका अधिकांश संविधानविदद्वारा ७६(२) अनुसार नयाँ सरकार गठनको आह्वान गर्न सुझाव

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले परामर्शका लागि बोलाएका अधिकांश संविधानविदले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने सुझाएका छन् ।  

प्रतिनिधिसभाका दुईतिहाई सदस्यले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिएपछि स्वतः सरकार विघटन भएपछि नयाँ सरकार गठनका लागि संविधानको कुन धारा अनुसार गर्ने भन्ने विषयमा विवाद बढ्ने देखिएपछि राष्ट्रपति पौडेलले केही संविधानविदहरुलाई शितल निवासमा बोलाएर छलफल गरेका थिए । 

New Office
CG Motors
Garima Development Bank

सो क्रममा अधिकांशले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने सुझाएका हुन् ।  

वरिष्ठ अधिवक्ताहरु टिकाराम भट्टराई, हरिहर दाहाल, गोपालकृष्ण घिमिरे, पूर्णमान शाक्य, शेरबहादुर केसी र सिताराम केसी लगायत अधिकांशले संविधानको व्याख्या गर्दै यसअघिका सर्वोच्च अदालतको नजिर लगायतलाई आधार मानेर उपधारा २ बमोजिम नै नयाँ सरकार गठन गर्नुपर्ने सुझाव दिएका थिए ।  

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले भने धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठनका लागि आह्वान गर्नुपर्ने सुझाव दिएका थिए ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.