आईतवार, भाद्र २३,२०८१ 07:09:12
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:09:12
IME remit
Global IME Bank Limited

भारतमा बजेटअघि किन आयोजना गरिन्छ हलुवा समारोह ? कर्मचारीलाई राखिन्छ लकडाउनमा

Hyundai Nepal
भारतमा बजेटअघि किन आयोजना गरिन्छ हलुवा समारोह ? कर्मचारीलाई राखिन्छ लकडाउनमा
Nabil Bank Limited

काठमाण्डौ । भारतमा बजेट पेश गर्नुअघि हरेक वर्ष हलुवा समारोह हुने गर्छ । यो वर्ष पनि भारतमा गत मंगलबार हलुवा समारोह सम्पन्न भएको छ । यो समारोह प्रत्येक वर्ष बजेट पेश गर्नुअघि आयोजना गरिन्छ । बजेट पेश गर्नुअघि भारतका वित्तमन्त्रीले सबैलाई हलुवा बाड्ने गर्छन् ।  

यसैको निरन्तरता स्वरुप मंगलबार वित्तमन्त्री निर्मला सीतारमणले नर्थ ब्लकमा हलुवा समारोह आयोजना गरेकि छिन् । यो समारोह ‘लक इन’प्रक्रिया सुरु हुनुअघि आयोजना गरिन्छ । उक्त अवसरमा बजेट निर्माण कार्यमा समावेश भएको अधिकारी तथा कर्मचारीका साथै राज्यमन्त्री पंकज चौथरी समेत समावेश थिए ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो समारोहमा वित्तमन्त्रीले आफै सबैलाई हलुवा पस्कने गर्छन् । यसलाई वित्त मन्त्रालयको सबै अधिकारीहरुको कडा मिहेनतलाई प्रशंसा गर्ने माध्यमको रुपमा समेत लिने गरिन्छ । हलुवा समारोहले अब बजेट तयार भईसक्यो र सबै दस्तावेज प्रिन्ट हुने प्रक्रिया सुरु भइसक्यो भन्ने संकेत गर्छ ।  

यस्तै यो समारोह भएपछि लकडाउनको सुरुवात भएको समेत मानिन्छ । यसका र्थ बजेटसँग सम्बन्धित कुनै पनि अधिकारीलाई मन्त्रालय परिसरबाट बाहिर जाने अन्ुमति हुँदैछ । बजेट निर्माण टीमका सबै सदस्यलाई संसदमा वित्तीय दस्तावेज पेश गरिसकेपछि मात्रै बाहिर जाने अनुमति दिइन्छ ।  

भारतमा यो वर्षको बजेट सत्र २२ जुलाईबाट सुरु हुने कार्यक्रम तय भएको छ । सितारमणले ६ पटक बजेट पेश गर्नेछिन् । यससँगै उनी भारतमा सबैभन्दा धेरैपटक बजेट पेश गर्ने अर्थमन्त्री बन्नेछिन् ।  

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X