बुधबार, माघ २३,२०८१ 01:24:27
IME remit
  • बुधबार, माघ २३,२०८१ 01:24:27
IME remit
Global IME Bank Limited

एनआइसी एशिया क्यापिटलका म्युचुअल फण्डहरुको सम्पत्ति बढ्यो, आम्दानी कुनको कति ?

Hyundai Nepal
एनआइसी एशिया क्यापिटलका म्युचुअल फण्डहरुको सम्पत्ति बढ्यो, आम्दानी कुनको कति ?
Nabil Bank Limited

काठमाण्डौ । एनआइसी एशिया क्यापिटलद्वारा सञ्चालित म्युचुअल फण्डहरुको सम्पत्ति उल्लेख्य बृद्धि भएको छ । क्यापिटलद्वारा खुला तथा बन्दुमुखी गरी हाल ६ वटा म्युचुअल फण्ड सञ्चालित छन् ।  

फण्डहरुले सार्वजनिक गरेको २०८१ असार मसान्तसम्मको वार्षिक वित्तीय विवरण बमोजिम क्यापिलटका योजनाहरुको आम्दानीसँगै सम्पत्ति बृद्धि भएको देखिएको छ ।  

फण्डहरुले सेयरबजारमा तथा डिबेञ्चरमा लगानी गरी, मुद्दती निक्षेप तथा बैंक मौज्दातमा रहेका रकम बृद्धि गरी सम्पत्ति बढाएका छन् । यता फण्डहरुले आम्दानीतर्फ समेत ब्याज आम्दानी, लाभांश आम्दानी, धितोपत्र बिक्रीबाट लाभ र अन्य आम्दानी समेत बढाइरहेका छन् ।

Bizshala
CG Motors
Sagarmatha Cement

विभिन्न खालका आम्दानीको स्रोतहरु बढ्दै जाँदा एनआइसी एशिया क्यापिटलका फण्डरुको सम्पत्तिको मूल्य बृद्धि भएको हो ।  

यता अघिल्लो आर्थिक वर्षको तुलनामा फण्डहरुको जम्मा खर्च पनि केहीको घटेको छ भने केहीको सामान्य मात्रै बृद्धि भएको छ । खर्च घट्दा फण्डहरुको सम्पत्ति मूल्य बृद्धि हुन पुगेको छ ।  

एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड

एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको सम्पत्ति अघिल्लो आवको तुलनामा गत आवमा मात्रै ५.९० प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवको असार मसान्तसम्म १ अर्ब ९ करोड रुपैयाँ रहेको फण्डको सम्पत्ति गत आवको अन्त्यसम्म बृद्धि भई १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।  

त्यस्तै, फण्डको आम्दानी भने अघिल्लो आवको तुलनामा सामान्य घट्न पुगेको छ । अघिल्लो आवमा ९० करोड ९ लाख रुपैयाँ रहेको फण्डको आम्दानी घटेर ८८ करोड ९५ लाख रुपैयाँ कायम भएको छ । तर फण्डको लाभांश आम्दानी भने ६.५२ प्रतिशतले बृद्धि भई ३४ लाख ८७ हजार रुपैयाँ पुगेको छ । फण्डको अन्तिम नगद तथा बैंकमा मौज्दात रकम २६ करोड ९५ लाख रुपैयाँ रहेको छ ।  

एनआइसी एशिया ग्रोथ फण्ड–२  

गत आवको अन्त्यसम्म एनआइसी एशिया ग्रोथ फण्ड–२ को सम्पत्ति मूल्य ९१ करोड ६५ लाख रुपैयाँ रहेको छ । फण्ड गत आवमा मात्रै सञ्चालनमा आएको हो ।  

फण्डको ब्याज आम्दानी, लाभांश आम्दानी, धितोपत्र बिक्रीबाट लाभ र अन्य आम्दानी गरी कुल आम्दानी २ करोड १७ लाख रुपैयाँ छ । साथै फण्डको अन्तिम नगद तथा बैंक मौज्दात रकम ३२ करोड ८ लाख रुपैयाँ रहेको छ ।  

एनआइसी एशिया डायनामिक डेब्ट फण्ड

एनआइसी एशिया डायनामिक डेब्ट फण्डले पनि ३६ प्रतिशतले सम्पत्ति भ्यालु बढाएको छ । गत आवको अन्त्यसम्म फण्डको सम्पत्ति मूल्य ८३ करोड ७१ लाख रुपैयाँ छ । अघिल्लो आवमा फण्डको सम्पत्ति मूल्य ६१ करोड ५५ लाख रुपैयाँ थियो ।  

साथै फण्डको ब्याज आम्दानी, लाभांश आम्दानी र अन्य आम्दानीहरु पनि २९।४८ प्रतिशतले बृद्धि भएको छ । गत आवमा फण्डको कुल आम्दानी ७ करोड ९५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने फण्डको कुल आम्दानी ६ करोड १४ लाख रुपैयाँ थियो । फण्डको अन्तिम नगद तथा बैंकमा मौज्दात रकम २० करोड ९९ लाख रुपैयाँ रहेको छ । जुन यो अघिल्लो आवको तुलनामा ९२.८३ प्रतिशतले बढी हो ।  

एनआइसी एशिया सेलेक्ट–३०  

एनआइसी एशिया सेलेक्ट–३० बन्दमुखी योजना हो । यो योजनाको सम्पत्ति पनि ५.२१ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा १ अर्ब ३६ करोड रुपैयाँ सम्पत्ति रहेको यस फण्डको गत आवमा ५.२१ प्रतिशतले बृद्धि भई १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।  

फण्डको कुल आम्दानी भने अघिल्लो आवको तुलनामा घट्न पुगेको छ । गत आवमा फण्डको कुल आम्दानी ११ करोड ४७ लाख रुपैयाँ छ । जुन यो अघिल्लो आवको तुलनामा १७.५८ प्रतिशत कम हो । अघिल्लो आवमा फण्डको कुल आम्दानी १३ करोड ९१ लाख रुपैयाँ थियो ।  

कुल आम्दानी घटेपनि फण्डको लाभांश आम्दानी भने १०५.२२ प्रतिशतले बढेर ५० लाख ९४ हजार रुपैयाँ पुगेको छ ।  

फण्डको अन्तिम नगद तथा बैंकमा मौज्दात रकम २७ करोड ८ लाख रुपैयाँ रहेको छ ।  

एनआइसी एशिया ग्रोथ फण्ड

एनआइसी एशिया ग्रोथ फण्डको गत आवको अन्त्यसम्म जम्मा आम्दानी ६ करोड २४ लाख रुपैयाँ पुगेको छ । जुन यो अघिल्लो आवको तुलनामा ८.२० प्रतिशतले बढी हो । अघिल्लो आवमा फण्डको जम्मा आम्दानी ५ करोड ७७ लाख रुपैयाँ थियो ।  

यता फण्डको कुल सम्पत्ति मूल्य भने अघिल्लो आवको तुलनामा गत आवमा सामान्य घट्न पुगेको छ । अघिल्लो आवमा १ अर्ब ५४ लाख रुपैयाँ रहेको फण्डको सम्पत्ति ४.१८ प्रतिशतले घटेर ९६ करोड ३४ लाख रुपैयाँ सीमित भएको छ । फण्डको सेयरमा तथा डिबेञ्चरमा लगानी घटेपनि मुद्दती निक्षेप तथा बैंक मौज्दात र अन्य चालु सम्पत्ति भने बृद्धि भएको छ ।  

फण्डको अन्तिम नगद तथा बैंकमा मौज्दात रकम २१ करोड ३३ लाख रुपैयाँ रहेको छ ।  

एनआइसी एशिया ब्यालेन्स्ड फण्ड

एनआइसी एशिया ब्यालेन्स्ड फण्डको जम्मा आम्दानी उल्लेख्य बढ्न पुगेको छ । अघिल्लो आवमा ४ करोड ८१ लाख रुपैयाँ रहेको फण्डको कुल आम्दानी गत आवमा ४४.१५ प्रतिशतले बढेर ६ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।  

यता फण्डको कुल सम्पत्ति भने सामान्य घटेको छ । गत आवको अन्त्यसम्म फण्डको सम्पत्ति मूल्य ८३ करोड ५० लाख रुपैयाँ छ । जुन यो अघिल्लो आवको तुलनामा २.४३ प्रतिशतले कम हो । अघिल्लो आवमा फण्डको सम्पत्ति ८५ करोड ५८ लाख रुपैयाँ थियो ।  

फण्डको सेयरमा गरिएको लगानी र अन्य चालु सम्पत्ति, कर्जा तथा प्राप्त बाँकी रकम भने अघिल्लो आवको तुलनामा बृद्धि भएको छ । फण्डको अन्तिम नगद तथा बैंकमा मौज्दात रकम ८ करोड ३० लाख रुपैयाँ रहेको छ ।

 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.