बिहीबार, असार ५,२०८२ 04:38:35
  • बिहीबार, असार ५,२०८२ 04:38:35
Global IME Bank Limited

सरकारले सेयर बजारबाट एकै महिनामा उठायो ४.२४ अर्ब राजश्व

Hyundai Nepal
सरकारले सेयर बजारबाट एकै महिनामा उठायो ४.२४ अर्ब राजश्व
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिनामा नै सरकारले सेयर बजारबाट ४ अर्र्ब २४ करोड राजश्व उठाएको छ । एक महिनाको अवधिमा बजार एक हजार अंकले बढ्दा लगानीकर्ताहरुले सरकारलाई ४ अर्ब बढीको राजश्व तिरेका हुन् ।  

गत आर्थिक वर्ष २०८०/८१ मा सरकारले पूँँजीबजारबाट ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँबराबरको राजश्व संकलन गरेको थियो । यो रकम आर्थिक वर्ष २०७९÷८० को तुलनामा ४६ प्रतशितले बढी हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आर्थिक वर्ष २०७९/८० मा सरकारले पूँजीबजारबाट जम्मा २ अर्ब ९७ करोड राजश्व संकलन गरेको थियो ।  

सरकारले पूँँजीबजारबाट आर्थिक वर्ष २०७८/७९ मा १० अर्ब ३५ करोड र आर्थिक वर्ष २०७७/७८ मा भने सरकारले १५ अर्ब भन्दा बढीको राजश्व उठाएको थियो । त्यस वर्ष सेयर बजार हालसम्मै उच्च विन्दु ३२ सय विन्दु पुगेको थियो । त्यस वर्ष एकै दिन २१ अर्बमाथिको कारोबार भएको थियो ।  

सेयर बजारमा दीर्घकालीन भन्दा अल्पकालिन लगानीकर्ताले बढी पूँजीगत कर तिरेका हुन्छन् । अल्पकालिन लगानीकर्ताले नाफा भएको खण्डमा साढे ७ प्रतिशत र दीर्घकालिन लगानीकर्ताले ५ प्रतशित पूँजीगत कर तिर्दै आएका छन् । संस्थागत लगानीकर्ताले भने हाल १० प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.