आईतवार, आश्विन २०,२०८१ 05:15:48
IME remit
  • आईतवार, आश्विन २०,२०८१ 05:15:48
IME remit
Global IME Bank Limited

आईफोन १६ को माग अपेक्षा गरेभन्दा कम, बिक्री १३% ले घट्यो

Hyundai Nepal
आईफोन १६ को माग अपेक्षा गरेभन्दा कम, बिक्री १३% ले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । अमेरिका लगायतका विश्वका अन्य देशहरुमा प्रि–अर्डर बुकिङ खुलेसँगै आईफोन १६ को माग अपेक्षा गरेभन्दा कम देखिएको छ । ब्लग पोष्ट मिङ–ची कुओका अनुसार प्रि–बुकिङ सुरु भएयता आईफोन १६ का सबै ४ वटा मोडलका लागि पहिलो साता अनुमानित ३ करोड ७० लाख युनिट बिक्री भएको छ । जुन गत वर्ष लञ्च भएको आईफोन १५ को पहिलो साताको तुलनामा करिब १३ प्रतिशतले कम हो ।  

आईफोन १६ का प्रो मोडलहरुको मागमा आएको कमीका कारण समग्र आईफोन १६ सिरिजको मागमा कमी आएको जनाइएको छ । प्रि–अर्डर बुकिङ भएको पहिलो साता आईफोन १६ प्रो को बिक्री २७ प्रतिशत र आईफोन १६ प्रो म्याक्सको बिक्री १६ प्रतिशतले घटेको छ ।  

Bizshala
Shivam Cement
CG Motors

कम्पनीले पहिलो साता ९८ लाख युनिट आईफोन प्रो र १ करोड ७१ लाख युनिट आईफोन प्रो म्याक्स बिक्री गरेको छ ।  

कुओले पहिलो साता ४ करोड आईफोन १६ मोडल बिक्री हुने अपेक्षा गरेको थियो ।  

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

लामो समयदेखि बिक्रीमा आईरहेको कमीका कारण आईफोन १६ मोडलको बिक्रीमा उछाल आउनु पर्ने थियो । तर नयाँ सिरिजहरुमा ठूला परिवर्तन नपाउँदा ग्राहकहरुको आईफोनप्रतिको आकर्षण बढेको देखिदैन । आईफोन १२ मा फाइभ जी मा अपग्रेड भएयता कुनै पनि ठूलो अपग्रेड भएको छैन । आईफोन १६ मा गरिएको एआई अपग्रेडले यसको बिक्रीमा उछाल आउने अपेक्षा गरिएको थियो ।  

ग्राहकहरुको आकर्षण प्रो र प्रो म्याक्सको तुलनामा सस्तो पर्ने आईफोन १६ र १६ प्लसमा देखिएकाले यसले कम्पनीको औषत बिक्री मूल्य र समग्र आईफोन बिक्री आम्दानीमा पर्ने जनाइएको छ ।    

Nepal Investment Mega Bank Limited
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.