आईतवार, जेष्ठ ३,२०८३ 08:55:15
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 08:55:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भारतको उड्डयन क्षेत्रमा बमको आतंक, एकैदिन ३० वटा बिमानलाई उडाइदिने धम्की आयो

Laxmi Sunrise Bank Limited
भारतको उड्डयन क्षेत्रमा बमको आतंक, एकैदिन ३० वटा बिमानलाई उडाइदिने धम्की आयो
Shivam Cement

काठमाण्डौ । भारतका विभिन्न आन्तरिक गन्तव्यमा उडान भर्ने एयरलाइन्स कम्पनीका जहाजहरुमा एकपछि अर्को धम्की आउँदा उड्डयन क्षेत्र त्रसित बनेको मिडिया रिपोर्टहरुमा जनाइएको छ । केही दिनदेखि लगातार आइरहेका यात्रुले भरिएका जहाजहरुलाई बमले उडाइदिने धम्कीलाई जाँच अधिकारीहरुले नक्की धम्कीको संज्ञा दिए पनि उड्डन सुरक्षालाई लिएर त्रास सिर्जना भएको देखिन्छ ।  

उडानमा झूटो बम धम्की दिने क्रम रोकिएको छैन। शनिबार विभिन्न भारतीय एयरलाइन्सका ३० भन्दा बढी उडानमा बमको धम्की आएको थियो । 

Bizshala
New Office
CG Motors

हरेक एयरलाइन्सका झण्डै ५ वटा उडानलाई यस्तो धम्की आएको भारतीय मिडियाहरुले प्रकाशित गरेका रिपोर्टहरुमा जनाइएको छ । एयर इन्डिया, इन्डिगो, आकासा एयर, विस्तारा, स्पाइसजेट, स्टार एयर र एलायन्स एयरका उडानहरूलाई धम्की आएको छ।  

यसमा इन्डिगोको दिल्ली र मुम्बईबाट इस्तानबुल र जोधपुरदेखि दिल्ली र विस्ताराको उदयपुरबाट मुम्बईको उडानहरू समावेश छन्।  

एकपछि अर्को धम्की आएपछि एयर अकासाले एक विज्ञप्ति जारी गरेको छ ।  

यसैबीच, स्पाइसजेटको दरभंगादेखि मुम्बई उडान एसजी ११६ मा प्राविधिक समस्या देखिएको छ । पाइलटले एटीसीलाई प्राविधिक आपतकालको बारेमा जानकारी गराएका समाचारमा उल्लेख छ।

एयर इन्डिगोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हैदराबादबाट चण्डीगढको उडान सिक्स ई १०८ लाई सुरक्षा सम्बन्धी अलर्ट प्राप्त भएको थियो। अवतरणपछि, विमानबाट यात्रुहरुलाई तत्काल सुरक्षित स्थानतर्फ सिफ्ट गरिएको छ र बिमानको जाँचलाई जारी राखिएको छ । हाम्रा यात्रु र चालक दलको सुरक्षा हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण छ। हामीले सम्बन्धित अधिकारीहरूसँग नजिकबाट काम गर्यौं र सबै मानक प्रक्रियाहरू पालना गरियो। हामी यस स्थितिबाट हुने कुनै पनि असुविधाप्रति क्षमाप्रार्थी छौं र यात्रुहरूलाई उनीहरूको सहकार्य र धैर्यताका लागि कृतज्ञ छौं । 

Garima Development Bank
Shivam Cement
IME remit

आकाशा एयरलाइन्सले पनि एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अक्टोबर १९, २०२४ मा उडान भर्ने हाम्रा केही उडानहरूले आज सुरक्षा सतर्कता प्राप्त गरेका छन्। अकासा एयरको आपतकालीन प्रतिक्रिया टोलीहरूले स्थितिको निगरानी गरिरहेका छन् र सुरक्षा र नियामक अधिकारीहरूसँग सम्पर्कमा छन्। हामी स्थानीय अधिकारीहरूसँगको सहकार्यमा सबै सुरक्षा प्रक्रियाहरू पछ्याउँदै छौं र आकासा एयरको ग्राउन्ड टोलीहरू यात्रुहरूको सुरक्षा र आराम सुनिश्चित गर्न सहयोग गर्न तयार छन्।

उड्डयन कम्पनी ‘विस्तारा’को तीन अन्तर्राष्ट्रिय उडानमा बमको धम्की आएको थियो, जुन पछि झुटो सावित भयो ।  

नयाँ दिल्लीबाट लन्डन, पेरिस र हङकङ जाने विस्तारा उडानमा बमको धम्की आएको थियो, जुन पछि झुटो सावित भयो।  

सावधानीको रूपमा, एक विमान फ्रैंकफर्ट तर्फ मोडियो। यसबाहेक दिल्लीबाट पेरिसका लागि उडान नम्बर यूके ट्वान्टी वान पेरिस चार्ल्स डे गौले विमानस्थलमा सुरक्षित अवतरण भएको थियो। सोही क्रममा दिल्लीबाट हङकङका लागि उडान नम्बर यूके वान सिक्स्टी वान हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको थियो।

-भारतीय मिडियाको सहयोगमा तयार

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.