काठमाण्डौ । काठमाण्डौ । अमेरिकी राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । राष्ट्रपतिको दौडमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी उम्मेद्वार कमला ह्यारिसबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
दुवै पार्टीले आफ्नो पक्षका उमेदवारलाई विजयी गराउन सबै प्रकारका संयन्त्र परिचालन गरेका छन् । दुवै पार्टीले आप्रवासन नीति , बन्दुकको अधिकार, महिला अधिकार, आर्थिक मुद्दा लगायतका विषयलाई केन्द्रविन्दु बनाएर चुनावी अजेण्डा तयार गरेका छन् ।
वर्तमान समयमा संकटसँग जुधिरहेको अर्थतन्त्र उकास्ने नीति र आर्थिक पुनरुत्थानका प्रयासहरु पनि दुवै पार्टीले प्रमुखताका साथ अघि सारेका छन् । विश्वभर बढिरहेको भू–राजनितीक तनाव र अमेरिकी अर्थतन्त्रमा छाएको सुस्तताका कारण यो पटकको अमेरिकी निर्वाचनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।