काठमाण्डौ । सिईडिबी होल्डिङ्स लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि बिकि प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।
यस सम्बन्धी कम्पनी र क्यापिटलबीच सम्झौता सम्पन्न भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको (१ः०.५४५ अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ ।हकप्रद निष्कासनको प्रस्ताव कम्पनीको असोज २१ गते बसेको वार्षिक साधारण सभाले स्वीकृत गरेको थियो ।